Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकाको धुवाखोलामा पक्कि पुल निर्माण

सन्दकपूर गाउँपालिकाको धुवाखोलामा पक्कि पुल निर्माण

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र ६ २०७८


सन्दकपूर गाउँपालिकाको धुवाखोलामा पक्कि पुल निर्माण

सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका भित्रको माबु जमुना सडक खण्डको धुवाखोलामा मोटरेवल पक्कि पुल निर्माणको काम शुरु भएको छ । प्रदेश एक सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट पुल निर्माणको काम शुरु भएको हो ।
प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा निर्माण शुरु भएको पुल २५ मिटर लामो छ । पुल निर्माणको काम २०७७ असार २१ बाट शुरु भएको पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर रमेश श्रेष्ठले बताए । पुल निर्माणका लागि प्रदेश एक सरकारको ३ करोड ४० लाख ६५ हजार रुपैयाँ खर्च हुनेछ ।


२०७९ असारमा सम्पन्न गरिसक्नुपर्ने पुल निर्माणको काम नाइग्रा क्रिशक्ति जेभिले जिम्मा पाएको छ । धुवाखोला पुल निर्माणको हालसम्म भौतीक प्रगति ३५ प्रतिशत भएको छ । पुल निर्माण कम्पनीलाई पूर्वाधार कार्यालय झापाबाट पेष्कि सहित एक करोड ३५ लाख रकम भुत्तानी गरेको छ ।
पुल निर्माण सम्पन्न भएपछि वर्षातमा समेत सवारीसाधन संचालन गर्न सकिने भएपछि सन्दकपूर गाउँपालिका ५ का स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार