Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संक्रमित बढेपछि चुलाचुली गाउँपालिकाको कोरोना नियन्त्रणमा सक्रियता

संक्रमित बढेपछि चुलाचुली गाउँपालिकाको कोरोना नियन्त्रणमा सक्रियता

  • सुजन तिमल्सिना
  • मंगलबार, साउन २६ २०७८


संक्रमित बढेपछि चुलाचुली गाउँपालिकाको कोरोना नियन्त्रणमा सक्रियता

चुलाचुली । पहिलो लहरमा मानविय क्षति नभएको इलामको चुलाचुली गाउँपालिकामा दोस्रो लहरको कोरोना संक्रमणबाट २० जनाको ज्यान गएको छ । मानविय क्षति बढेपछि गाउँपालिकाले स्वास्थ्य मापदण्डको कडाईका साथ अनुगमन गरि कोरोना परिक्षणको दायरा फराकिलो पारि अस्थायी कोरोना अस्पतालमा जनशक्ति र उपचारात्मक प्रविधि थप्ने योजना बनाएको हो ।
झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य मापदण्ड कार्यान्वयनमा पनि कडाई गरिएको छ । पहिलो लहरमा कोरोना रोगीको संख्या कमि भएको चुलाचुलीमा दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले नियन्त्रणका लागि कोराना परिक्षणको दायरामा बढाइएको हो ।


कोरोनाको दोस्रो लहर शुरु भएपछि गाउँपालिकाले लक्षण देखिएका एक हजार जनाको कोरोना परिक्षण गरिसकेको छ । कोरोना परिक्षण गरिएकोमध्ये हालसम्म ४ सय जनामा कोरोना पोजेटिभ देखिएको तथ्याङ्क छ । कोरोनाको पहिलो लहरमा संक्रमित भएकाहरुको होम आइसुलेसनबाटै उपचार भएपनि दोस्रो लहरमा २० जनाको मृत्यु भइसकेको चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले बताए ।
स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आइसुलेसनमा राखेर स्वास्थ्यकर्मीबाट नियमित रुपमा औषधिउपचार गरिँदै आएको छ । स्वास्थ्य समस्या देखिने बिरामीहरुको उपचारका लागि कोविड १९ अस्पतालको व्यवस्था गरिएको पालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।
चुलाचुली ३ को पेल्टिमारीमा रहेको सामुदायीक भवन मर्मत गरि १५ वेडको अस्थायी अस्पताल संचालनमा रहेको छ । अस्पतालमा अक्सिजन सिलिण्डर सहित स्वास्थ्यकर्मीले नियमित रुपमा बिरामीको स्वास्थ्य जाँच र उपचार गर्दै आएका छन् । जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउने बताएसँगै गाउँपालिकाले कोरोना रोगको उपचारका लागि स्वास्थ्यकर्मी र आवश्यक प्रविधि थप्ने योजना बनाएको छ ।
कोरोना संक्रमितको थप उपचारका लागि एक्सरे मेसिन, भिडियो एक्सरे, इसिजि मेसिन र ल्याब सेवालाई थप गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार