चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा १५ शैँयाको अस्पताल निर्माणको कामले तिब्रता पाएको छ । सरकारले एक स्थानीय तह एक अस्पताल बनाउने योजना अनुसार चुलाचुलीमा गाउँपालिकामा अस्पताल भवन निर्माणको कामले तिब्रता पाएको हो ।
सरकारले एक स्थानीय तह एक अस्पताल बनाउने योजना अनुसार इलामको चुलाचुली गाउँपालिकामा १५ शैँयाको अस्पताल निर्माणको कामले तिब्रता पाएको हो । मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मीबाट हरेक नागरिकको उपचार सेवा आफ्नै पालिकाबाटै प्रदान गर्ने योजना अनुरुप चुलाचुलीमा अस्पताल भवन निर्माणको कामले तिब्रता पाएपछि स्थानीयबासी खुशि भएका छन् ।

१५ शैँयाको अस्पताल भवन बनाउन संघीय सरकारले १८ करोड ६ लाख रुपैयाँ श्रोत सुनिश्चित गरको थियो । श्रोत सुनिश्चित भएपछि चुलाचुली गाउँपालिकाले ड्रोइङ, डिजाइन र स्टामेट गरि अस्पतालको भवन निर्माणको काम १२ करोड ९० लाख १६ हजारमा ठेक्का संझौता भएको छ ।
२०७८ बैशाख १७ गते ठेक्का संझौता भएको अस्पताल भवन निर्माणको काम कोरोना माहामारीकै बिचपनि धमाधम भइरहेको चुलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।
अस्पताल भवन सहित घेराबारा गर्ने काम अहिले हुँदै आएको छ । चुलाचुली २ स्थित बाह्रगोठेमा निःशुल्क रुपमा प्राप्त भएको ११ कठ्ठा जग्गामा अस्पतालको भवन निर्माण हुँदै आएको हो । निर्माण कम्पनीले २ करोड २३ लाख मोविलाइजेसन र ८६ लाख रुपैयाँ रनिङ बिलको भुत्तानी गत आर्थिक वर्षमा भुक्तानी लिएको छ ।
अस्पताल निर्माणका लागि गत आर्थिक वर्षमा ३ करोड २३ लाख बजेट प्राप्त भएको थियो । अस्पतालको दुई वटा भवन निर्माण हुनेमा चालु आर्थिक वर्षको अशोज भित्रमा पहिलो ब्लक निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल भवन निर्माणको म्याद दुई वर्ष भएपनि कामको गति हेर्दा डेढ वर्ष भित्रमै सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माणपछि डाक्टर र स्वास्थ्यकर्मीको आवासिय भवन निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । आवसिय भवन निर्माणका लागि गाउँपालिकालाई ४ कठ्ठा जग्गा निःशुल्क रुपमा प्राप्त भएको छ ।