नयाँबजार: इलामको उत्तरी स्थानीय तह हाे माईजोगमाई गाउँपालिका । माईजोगमाईको केन्द्र नयाँबजारले संघीयता लागु भएपछि मुहार फेरेको छ । मेची राजमार्गबाट करिब २० किलोमिटर कच्ची बाटो प्रयोग गर्दै यहाँ पुग्न सकिन्छ । जिल्लाको पुरानो बजार मध्येको एक नयाँबजारबाट भारतीय सीमावर्ती बजार जौवारी सम्म जीप चल्ने बाटो छ ।

नयाँबजारबाटै सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि ठाउँ तर्फ जाने जीप चल्ने बाटाहरू छुट्टिन्छन् । नयाँबजारको स्थापना बालागुरूले २०११ सालमा गरेका हुन् । पछिल्लो समय बाटो कालोपत्रको काम सुरु भएपछि यस क्षेत्रले विकासमा फड्को मार्ने सम्भावना रहेको छ । भारतसँग जोडिएको हुनाले भारतीय पर्यटकलाई समेत आर्कषित गर्दै आर्थिक उपार्जनको लागि राम्रो गन्तव्य बन्न सक्छ ।



