प्रदिप गिरी नेपाली कांग्रेसका बौद्धिक नेता हुन् । उनी पार्टीभित्र तथा बाहिर स्पष्टवक्ताको रुपमा चिनिन्छन् । नेपालको आन्तरिक राजनीति, अन्तर्राष्ट्रिय अवस्था, नेपालको परराष्ट्र सम्बन्धलाई नजिकबाट चिनेका उनै गिरीसँग बाह्रखरीले पछिल्लो राजनीतिक अवस्था, भूराजनीतिको असर, नेपालको आगामी यात्रालगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।
प्रस्तुत छ, गिरीसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंशः
अहिलेको राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ रु केपी शर्मा ओलीको व्यवहारलाई कसरी बुझ्नुभएको छ रु प्रजातान्त्रिक प्रणालीको प्रक्रिया यस्तै हुनेगर्छ ?
सरकार आउँछ जान्छ, यो स्वाभाविक प्रक्रिया हो । सबैजनाले अहिले भनेको के हो भने यो संविधान खतराको अवस्थामा पुग्यो । खतरामा पुर्याउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् भन्ने धेरैलाई लागिरहेको छ ।
यो संविधान खतराको अवस्थामा पुग्यो । खतरामा पुर्याउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । शेरबहादुर देउवा गठबन्धन नेतृत्वको गठबन्धनले पनि भनेको छ– प्रधानमन्त्रीका हरेक कदमले संविधान खतरातर्फ गइरहेको छ ।
संविधान भन्ने एउटा पुस्तक २०७२ मा आयो । त्यो कति खतरामा छ रु भन्ने कुरा पहिले जान्नुपर्छ ।
संविधानले बनाउन खोजेको प्रणालीको मुलभूत विषय एकपछि अर्को गरी प्रहारमा परेको छ । संविधानको स्पिरिट के हो ?
पटक पटक चुनाव भएर जनता र देशलाई अर्थात् देशको अर्थतन्त्रलाई हुने खतरा के हो रु भन्ने पनि बुझ्नुपर्छ । बेलायतमा हेर्यौँ भने त्यहाँ ‘फिक्स्ड पार्लियामेन्ट’ छ ।
हामीले पनि ‘फिक्स्ड पार्लियामेन्ट’ नभने पनि त्यसको स्पिरिटमा बनाएका हौँ । तर त्यो किन अहिले संकटमा पर्यो किन बारम्बार चुनावको कुरा भइरहन्छ रु
अर्कोतिर सरकार र संविधानभन्दा पनि केही फरक विषय छन् ।
बारम्बार चुनाव गराइरहनुको पछाडि भ्रष्टाचार पनि अन्तरनिहीत हुन्छ भन्ने कुरा भुल्नुहुँदैन ।
लगातार सरकार परिवर्तन हुँदा अस्थिरता आउँछ । अस्थिरताका साथसाथै समाजले नरुचाएका पात्रहरुको उदय हुन्छ । सरकार आउने जाने भइरहन्छ ।
बारम्बार चुनाव गराइरहनुको पछाडि भ्रष्टाचार पनि अन्तरनिहीत हुन्छ भन्ने कुरा भुल्नुहुँदैन ।
त्यसैले जुन भावना, जुन उद्देश्य र जुन सोचका साथ संविधान जारी गरिएको थियो, त्यस्तो त हुन सकेन ।
अब यसमा सबैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै लक्षित गरेका छन् । मुलुकको प्रमुख कार्यकारी भएको नाताले उनले जिम्मेवारी लिनैपर्छ । सचतेरुपमा नै यस पद्धती र आचरणप्रति नकारात्मक व्यवहार गरेको देखिन्छ ।
यसमा प्रतिपक्ष पनि ओभानो भने छैन । कसरी छैन भनेर प्रशस्त उदाहरण दिन सकिन्छ । प्रतिपक्ष दलको नेताको हैसियतले पाउने सबै सुविधा लिने तर खतरा मोल्न नचाहने रु
होइन भने सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेबित्तिकै विपक्षी गठबन्धनलाई विश्वासमा लिएर केही कदम चाल्नुपर्ने होइन ?
त्यसैले फेरि पनि भन्छु यो संविधान खतरामा परेको छ ।
सरकारले गरेका कामको विरोध गर्न प्रतिपक्ष अर्थात् शेरबहादुर देउवालाई के डर छ रु ओलीले संवैधानिक परिषद्देखि अनेक अध्यादेश ल्याएर अध्यादेशको शासन गर्दा पनि चुप छन् ।
प्रतिपक्ष दलको नेता हाम्रो शेरबहादुर देउवा हुनुहुन्छ । अर्कोतिर प्रचण्ड पनि यतिबेला प्रतिपक्षमै हुनुहुन्छ ।
कहिलेकाहिँ नेताले जोखिम उठाएर निर्णय गर्न सक्नुपर्छ । ज्ञानेन्द्रका विरुद्धमा २०६३–६३ होस् कि २०४६ सालमा राजा वीरेन्द्रका विरुद्धमा जनता सडकमा आउँदाको बेला होस्, जोखिम उठाइएको होइन रु त्यसबेला उछिट्टिएको गोलीले पनि मान्छे मारिन सक्थे ।
पहिलो कुरा जीवन नै जोखिम हो । हामीले अहिले कोरोनाविरुद्धको दोहोरो खोप लगाएको भए पनि सुरक्षित छौँ भन्न सकिने अवस्था त छैन । तर राजनीति अरु थप जोखिम हो । बेला मौकामा जोखिम लिन जान्नुपनि पर्छ ।
अहिले शेरबहादुर देउवाका बारेमा भन्दा उनले समय पाएर पनि जोखिम उठाउन नसकेकै हो ।
अहिले शेरबहादुर देउवाका बारेमा भन्दा उनले समय पाएर पनि जोखिम उठाउन नसकेकै हो । दुई महिना संसद् चलेको होइन रु दुई महिनाको संसद्मा अविश्वासको प्रस्ताव ल्याउन पनि किन नसकेको रु अविश्वास प्रस्ताव ल्याएको भए के हुन्थ्यो भन्नेतिर अहिले नजाऊँ । कतिसम्म भन्न सकिन्छ भने तर्कबाट माथि उठेर आस्थाका आधारमा कतिपय निर्णय नगरी स्वस्थ राजनीतिको सुरुवात हुँदैन ।
२०४६ सालमा यति सजिलै लोकतन्त्र आउला भन्ने लागेको थियो र रु हामी त त्यहाँ लागेको जमात हो ।
तर्कबाट माथि उठेर आस्थाका आधारमा कतिपय निर्णय नगरी स्वस्थ राजनीतिको सुरुवात हुँदैन ।शेरबहादुर देउवाको विषयमा कुरा गर्दा दुईवटा केन्द्रीय समितिको बीचमा पदाधिकारीको नाममा निर्णय गराउनुहुन्छ ।
पदाधिकारी बैठकको निर्णयलाई पार्टीको निर्णय मानिन्छ ।
कांग्रेसको विधानमा पदाधिकारी समितिले दुई बैठकको बीचमा निर्णय गर्नेछ भनेर कहिँ लेखेको छ ?
यो शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहन्छु । पदाधिकारीसम्म भन्नेलाई कांग्रेसको विधानले चिन्दैन । कांग्रेसको विधान र प्रजातान्त्रिक परिपाटीले चिन्दैन । बरु केन्द्रीय समितिभन्दा माथि भइपरि आउँदा हाम्रो विधानमा एउटा व्यवस्था गरिएको छ –त्यो हो कार्यसम्पादन समिति ।
केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हो । त्यो अहिलेसम्म गठन नै भएको छैन ।
हाम्रो विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक हुनुपर्ने हो । महासमिति बैठक नेपालगञ्जमा भएको थियो २०५४–५५ तिर ।
त्यसपछि गणतन्त्र घोषणा गर्न र राजतन्त्र हटाउने बेला बोलाइयो, त्यसपछिका महासमिति भनिए पनि न त्यहाँ कुनै छलफल हुन्छ न कुनै निर्णय हुन्छ ।
मलाई भन्न कुनै संकोच छैन हाम्रो पार्टी एकदम अलोकतान्त्रिक तरिकाले चलिरहेको छ ।
नेपाली कांग्रेस पार्टी सभापति र सभापतिले इच्छा गर्नुभएका दुईचार जना व्यक्तिले चलाइरहेका छन् ।
मलाई भन्न कुनै संकोच छैन हाम्रो पार्टी एकदम अलोकतान्त्रिक तरिकाले चलिरहेको छ ।
वरिष्ठ नेता भन्ने चलन छ । वरिष्ठ नेतासँग पनि सभापतिले छलफल गर्नुहुन्छ । उहाँहरु बेला बेलामा मञ्चमै झगडा गर्नुहुन्छ । आज गरेको निर्णयलाई भोलिपल्ट वरिष्ठ नेताले ‘यो होइन’ पनि भन्न भ्याउनुहुन्छ ।
सभापति नै पार्टी, पार्टी नै सभापति बनेको छ । प्रधानमन्त्रीले म नै सरकार म नै देश भनेका छन्, पार्टीको अवस्था पनि त्यस्तै छ ।
पार्टीमा यो अवस्था गिरिजाबाबु हुँदा पनि थियो । शेरबहादुरजीलाई मात्रै दोष दिन चाहन्न । अहिले अलि बढी चाहिँ भएको छ ।
मैले कांग्रेसलाई विगत दुई वर्षका घटनाक्रमबाट छुट्ट्याउन चाहेको हो ।
सभापति नै पार्टी, पार्टी नै सभापति बनेको छ । प्रधानमन्त्रीले म नै सरकार म नै देश भनेका छन्, पार्टीको अवस्था पनि त्यस्तै छ ।
कांग्रेस भन्ने पार्टीलाई धेरैको सहानुभूति छ तर नेतृत्वले काम गर्न सकेन ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने मान्छेले राजनीतिको लक्ष्य सत्ता पनि भन्छन् । सत्ता भन्नाले प्रधानमन्त्री मात्रै होइन, गाडी, घोडा, सुख सुविधा, आफ्नाको नियुक्ति ९राजदूत होस् या अख्तियार०, विदेश भ्रमण त्यसलाई पनि सत्ता नै भनिन्छ ।
अहिले पनि नियुक्तिमा यति प्रधानमन्त्रीको भाग, यति विपक्षी दलका नेताको भाग, यति प्रधानन्यायाधीशको भाग भनेर आइरहेका छन् त समाचार । त्यो पनि सत्ता सुख होइन ?
सिद्धान्तको अनुशरण गर्दा कतिसम्म जाने, सत्तालाई प्रमुखता कसरी दिने रु भन्नेमा दुईखालका राजनीति देखिन्छ ।
एउटा के हुन्छ भने सिद्धान्तका लागि केही चाहिँदैन त्यसको ज्वलन्त उदाहरण हुनुहुन्छ मोहनविक्रम सिंह ।
मोहनविक्रम सिंह पनि राजनीतिमा हुनुहुन्छ । हस्तक्षेप गरिरहनुहुन्छ, लेख आइरहेको हुन्छ, उहाँ सिद्धान्तको राजनीतिमा हुनुहुन्छ ।
अर्को अलिकति पनि सत्ताको आशा देख्नेबित्तिकै चिप्किइहाल्ने । महमा झिँगा बसेझैँ बसिहाल्ने । यो विश्वभर नै हुन्छ । जो शक्तिका लागि सिद्धान्तलाई माध्यम बनाउँछन् र शक्तिको दुरुपयोग गर्छन् ।
यो छिमेकमा पनि देखिन्छ । त्यसमा हाम्रो शेरबहादुर देउवा पहिलो श्रेणीमा पर्नुहुन्छ । यसमा ढुक्क पर्नुहुन्छ । यो समस्या गिरिजाबाबुमा पनि थियो ।
शेरबहादुरजीको संघर्षको भन्दा पनि सुविधा र सत्ताको राजनीति हो ।
केपी शर्मा ओलीसँग देउवालाई विगत महिनामा व्यक्तिगत संकोच पनि भयो होला । शेरबहादुरजीको संघर्षको भन्दा पनि सुविधा र सत्ताको राजनीति हो ।
तर मैले उहाँलाई क्षमा गरिदिन्छु । यस्तो तरिका संसारभरि बहुमत हुन्छ । राजनीति भनेको सत्ताको खेल हो अरु केही पनि होइन भन्ने मान्यता संसारमा छ ।
तपाईंहरुले मलाई नेता भन्नुभयो तर म नेता त होइन राजनीतिज्ञ पनि भन्ने कि नभन्ने अवस्था छ ।
कांग्रेसभित्र तपाईंले देखेको अहिलेको संकट के हो त ?
पार्टीमा जुन तहको संकट छ । जुन तहको विकटता छ । यसका बारेमा केही भन्छु । सायद पार्टीभित्रबाट पनि समाधान हुँदैन । यसमा मिडिया या बाहिरी व्यक्तिको पनि भूमिका हुन्छ ।
अंग्रेजीमा एउटा शब्द छ नि ‘मिडियोक्रेटी’ ९साधारण स्तर०, त्यस्तै हो हाम्रो अहिले । तर कतिपय मान्छे अति प्रतिभाशाली हुन्छन् नै जस्तो बीपी कोइराला हुनुहुन्थ्यो, किसुनजी हुनुहुन्थ्यो ।
कहिलेकाहिँ अति साधारण मान्छे पनि निकै महत्वपूर्ण इतिहास भएर आउँछ । यसको छर्लगं उदाहरण छ– तुलसी गिरी प्रतिभाशाली व्यक्ति हुन् । सूर्यबहादुर थापाको चतुरतामा पनि शंका छैन । तर उनीहरुको उत्तराधिकारी मरिचमान भए ।
मरिचमान व्यक्ति होइन एउटा प्रवृत्ति हो । हरेक व्यवस्थामा एउटा खास सामाजिक र आर्थिक कारणले जुनसुकै ठाउँमा जो पनि पुग्न सक्छन् । जो बनिदिए पनि हुन्छ ।
कहिलेकाहिँ परिस्थिति कस्तो आउँछ भने लामो समयसम्म कुनै देश काल र परिस्थितिको द्वन्द्वबाट अप्रभावित क्षण हुन्छ । त्यो बेलामा जसलाई राखे पनि भयो । जसले शासन गरे पनि हुन्छ । दुईवटा शक्ति लड्दै छन् । भोलि सत्तामा एउटा पुग्छ नै यो बीचमा जसलाई राखिदिए पनि हुन्छ । दुईवटा शक्ति हाम्रो संसारमा देखिँदैछ ।
हाम्रो व्यवस्थालाई संसदीय व्यवस्था भन्दैन । यदी बेलायतको व्यवस्था संसदीय हो भने यो होइन ।
यहाँनेर जोड्न खोजेको हाम्रो व्यवस्थालाई हो । हाम्रो व्यवस्थालाई संसदीय व्यवस्था भन्दैन । यदी बेलायतको व्यवस्था संसदीय हो भने यो होइन ।
संसदीय व्यवस्था कागजको पानामा लेखिएको व्यवस्था मात्रै होइन । संस्कार, परम्परा, वर्ग संरचना, आर्थिक अवस्था हो । सञ्चारदेखि न्यायालयसम्म तिनको इमान्दारिता र प्रमाणिकता पनि हो ।
मलाई के लाग्दैछ भने अहिले एउटा युगको अन्त्य हुँदैछ । एउटा नयाँ युगको सुरुवात हुँदैछ । अहिलेको संकटमा को प्रधानमन्त्री हुन्छ भन्ने होइन । को मुख्यमन्त्री हुन्छ भन्नेमात्रै होइन ।
जुन व्यवस्थालाई स्वीकार गरेर हिँडेका छौँ, त्यो होइन । त्यसको यति ठूलो अनभिज्ञता छ नेपाली कांग्रेसभित्र पनि । यो आम कार्यकर्तामा भनेको होइन ।
गाउँघरमा राजनीतिक कार्यकर्ताको अवस्था पृथक छ । सांसदसम्मको भनौँ न । अहिले पनि एसपी, डीएसपी, सीडीओले मनपरी गरेकै छन् ।
संघीयता आए पनि केही पैसा खर्च गर्नेबाहेकको अधिकार जनप्रतिनिधिलाई छैन ।
कांग्रेसभित्र हेर्यौँ भने कैयौँ युवाहरु निकै प्रतिभाशाली हुनुहुन्छ । गगन थापा, प्रदिप पौडेल, कल्याण गुरुङ, धनराज गुरुङसहित अरु कैयौँ नेता हुनुहुन्छ ।
मन्त्रीको अवस्था त्यस्तै छ । सचिव, सहसचिवले टेर्दैन । अवस्था त यस्तो छ नि । कांग्रेसभित्र हेर्यौँ भने कैयौँ युवाहरु निकै प्रतिभाशाली हुनुहुन्छ । गगन थापा, प्रदिप पौडेल, कल्याण गुरुङ, धनराज गुरुङसहित अरु कैयौँ नेता हुनुहुन्छ ।
व्यक्तिगतरुपमा कुरा गर्दा जो पनि प्रभावित हुन्छ । तर यिनीहरु जब केन्द्रीय समितिमा साझारुपमा प्रस्तुत हुन्छन् त्यसबेला गुटको कुरा आइहाल्छ ।
सामूहिकरुपमा उनीहरु जब निर्णय गर्छन् त्यहाँ कांग्रेसको परम्परावादी दायरा आइहाल्छ । हामी प्रजातन्त्रवादी, हामी संसदवादी, हामीले संवैधानिक राजतन्त्र किन छाड्यौँ त्यो पनि भन्छन् ।
त्यो एउटा लक्ष्मणरेखाबाट उम्किनै सक्दैनन् । व्यक्तिगतरुपमा एकदम राम्रा छन् उत्तर पनि खोज्छन् । तर समूहमा हुँदा कुन गुटमा लाग्ने हो लागिहाल्छन् ।
उठेको सवालको पनि तहमा जाँदैनन् । कुनै पनि विषयमा छलफल हुँदैन ।
नागरिकताजस्तो ठूलो विवाद आयो । त्यसमा कांग्रेसभित्र के छलफल भयो रु दुईघण्टामा छलफल सिध्याइदिन्छन् ।
चुच्चे नक्साको बारेमा कांग्रेसको कुन निर्णय देशलाई भलो हुनेगरी आयो रु ओलीले गरे, कांग्रेसले मान्यो । ओलीले लत्याए, हामीले पनि लत्यायौँ । यसमा हाम्रो स्वतन्त्र अडान के हो त रु युवा नेताको धारणा चाहिँदैन रु त्यो हाम्रो विदेश नीति र भौगोलिक अवस्थाको बारेमा महत्वपूर्ण निर्णय हो । पार्टीमा छलफल खोइ रु युवा नेताले पनि आफ्नो विवेकलाई बन्धक बनाइदिएका छन् । गुटको इन्ट्रेस्टभन्दा माथि उठ्नै सकेनन् ।
चुच्चे नक्साको बारेमा कांग्रेसको कुन निर्णय देशलाई भलो हुनेगरी आयो ओलीले गरे, कांग्रेसले मान्यो । ओलीले लत्याए, हामीले पनि लत्यायौँ । यसमा हाम्रो स्वतन्त्र अडान के हो त ?
गुटमा भाग पाइन्छ । कति प्रतिशत भाग पाइन्छ भन्ने छ । ६० प्रतिशत शेरबहादुर देउवा र ४० प्रतिशत रामचन्द्र पौडेल भए पुग्यो ।
अब कांग्रेसबाट आशा छैन तर ‘डेमोक्रेटिक क्याम्प’बाट चाहिँ छ ।
६० प्रतिशत शेरबहादुर देउवा र ४० प्रतिशत रामचन्द्र पौडेल भए पुग्यो ।
अर्को विषय हेरौँ न–
चुनाव यस्तै खर्चिलो भइरह्यो भने मुलुकमा स्वस्थ किसिमको व्यवस्था बन्दैन । यो कुरा सबै मान्न तयार छन् तर छलफल गर्न तयार छैनन् ।
चुनावलाई खर्चिलो बनाउन रोक्ने उपाय के हो भनेर किन छलफल हुँदैन ?
अहिले दल बदलको कुरा आयो । कसले निकालेको मान्ने कसले निकालेको नमान्ने ।
राजनीति कमजोर भएको बेला ‘जुडिसियल एक्टिभिजम’ हुन्छ । यो विश्वभर हुन्छ, यहाँ पनि भयो ।
तर दल बदल कहाँबाट सुरु भयो त । अन्य देशमा कस्तो छ हामीले त्यो पनि हेर्नुपर्ने हुन्छ । भारतमा दल बदलको अवस्था बेग्लै थियो ।
भारतमा जयप्रकाशजी कहिले पनि चुनाव लड्नुभएन तर उहाँले दल बदलसम्बन्धी बडो महत्वपूर्ण विषय उठान गर्नुभएको छ ।
पार्टीका टिकटमा जितेर आएको हुनाले पार्टीप्रति दायित्व छ तर सरकारले जनविरोधी काम गर्दा पार्टीले लोकविरोधी आचरण गर्दा सांसदलाई अधिकार छ, जनताको कुरा सुनेर जहाँ मन छ त्यहीँ भोट देऊ ।
तर यदि अर्को दललाई समर्थन गरेर अर्को दलमा गएर मन्त्री बन्यौ भने बदनीयत मानिनेछ । मन्त्री बनेको या लाभको पदमा गएको दिनमा सदस्यता खारेज हुनेछ ।
सरकार ढाल्न महत्वपूर्ण कुरा भएन तर अर्को सरकारमा जान भएन भन्ने उहाँको प्रस्ताव थियो । यो कुरा इन्दिरा गान्धीले मान्नुभएन ।
अहिले नेपालको कुरा गर्दा या पार्टीको कुरा गर्दा अहिलेको नेतृत्वबाट यस्ता कुराको आशा राख्न त सकिँदैन १० वर्षपछि पार्टी र देश चलाउँछु भन्नेले सम्बोधन गर्नुपर्दैन ?
यहाँले भनेको नयाँ प्रकारको व्यवस्था कस्तो हो ? त्यहाँ कसरी प्रवेश गरिँदैछ त ?
मैले त व्यवस्था र प्रणालीभन्दा पनि माथि उठेर भन्छु कि हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । केहीदिनअघि नारायण वाग्लेलगायतका २८ जनाले जुलुस निकाले । त्यहाँ उनीहरुले बी एन्ड सीलाई सम्बन्धन दिन सरकारले षडयन्त्र गरेको भन्दै विरोध गरे ।
त्यसबाहेक अहिले हेर्नुस् महिलाले निकालेको आन्दोलन, जस्तै हिमा विष्टलगायतले जुलुस निकाले नि । त्यो मात्रै होइन अहिले १९–२० वर्षका युवाहरुले वातावरण बचाऔँ भन्दै आन्दोलन गरेका छन् । यो सहजै बुझ्न सकिन्छ यी आन्दोलन आगामी दिनमा झनै सशक्तरुपमा उठ्ने छ ।
यो सत्ताका लागि भएको होइन, जनस्तरबाटै भएको हो । जस्तो अहिले गिटी ढुंगा निकासीमा जति बहस गर्नुपर्ने हो हुन सकेको छैन । ल्याटिन अमेरिकामा पनि विदेशी जान्थे । त्यहाँ पनि नजाऔँ हामीले हाम्रै उदाहरण दिऊँ । पोखरीमा माछा मार्दा बिऊसमेत मारेर हिँड्दा के हुन्छ त्यस्तै हुनसक्छ । साम्राज्यवादी अर्थात् बाहिरबाट आएको मान्छेलाई बिऊको माया हुँदैन । आफ्नो पोखरी छ भनेमात्रै बिऊको चिन्ता हुन्छ ।
आगामी सन्ततीलाई चुरे दिऊँ, यसबाट खानु छ उनीहरुलाई माया हुने भयो । होइन भने जसरी पनि पैसा कमाऊँ भन्नेलाई त यसको माया हुँदैन ।
व्यक्तिको नाफाको लोभले व्यवस्थालाई अस्तव्यस्त नगरोस् । यसमा प्रश्न उठ्न थालेको छ । यस्ता शक्ति समाजमा उदय भएका छन् ।
यिनीहरुलाई यो तथाकथित् संसदीय व्यवस्थामा हामीले अटाउन सकेका छैनौँ ।
त्यसैले मैले भनेको नयाँ प्रणाली बनाउनुपर्छ । त्यो भनेको बढीभन्दा बढी स्थानीय शक्तिलाई बलियो बनाउनुपर्छ । स्थानीय शक्ति भन्नाले अहिलेको गाउँपालिका भन्न खोजेको होइन । भन्न खोजेको के हो भने प्रेस सम्बन्धी कुनै कानुन ल्याउनु छ भने प्रेससँग सम्बन्धित व्यक्ति संस्थाको सहमतिमा मात्रै अघि बढाउनुपर्यो ।
त्यसैले मैले भनेको नयाँ प्रणाली बनाउनुपर्छ । त्यो भनेको बढीभन्दा बढी स्थानीय शक्तिलाई बलियो बनाउनुपर्छ ।
सरोकारवालासँग छलफल नगरी कुनै कानुन ल्याउनु भएन । सिंगो वर्ग र सिंगो समूह समाजका विरुद्ध लक्षित हुनुभएन ।
सामाजिकताबिना मनुष्य बाँच्न सक्दैन । अहिले धेरै कुरा कोरोनाबाट पनि सिक्न सकिन्छ ।
विषयमा अलिकति परिवर्तन गरौं । भारत र चीनको बीचमा हामी कसरी पेलिएका छौँ ? हामी यस्तो अवस्थामा कसरी जोगिने ?
पछिल्लो सय वर्षमा नेपालमा काम पनि गरेको, योग्य पनि भएको, प्रतिभाशाली, बहुमुखी, सुदर्शन व्यक्तित्व भएका मान्छे हुन् बीपी कोइराला ।
यसमा कुनै विवाद नै छैन । बीपी कोइरालाले प्रजातन्त्रमा भारतले सहयोग गर्छ भनेर भारत जानुभएको होइन रु ‘जेलबाट छुटेपछि सीधै भारत गएँ, इन्दिरा गान्धीसँग भेटेँ । उनले के चाहिन्छ भनिन्, मैले यति पैसा चाहिन्छ भनेर भनेँ’ भनेर बीपीले नै भन्नुभएको छ । उहाँले आत्मवृतान्तमार्फत भन्नुभएको छ ।
एकठाउँमा भनेको भए त्यसै भनेको होला भन्ने हुन्थ्यो चारठाउँमा यो कुरा लेखिएको छ । उहाँका भाइ गिरिजाप्रसाद कोइरालाले त कहाँसम्म लेख्नुभएको छ भने ‘पैसा सकियो भारतसँग माग्न गएँ, त्यहाँ जाँदा के हाम्रो पैसा लिन्छौ रु बैंक लुट न भन्नुभयो, उनीहरुको नक्कली नोट पनि बनाएँ’ भनेर भन्नुभएको छ ।
समग्रमाभन्दा उहाँ पनि भारत जानुभएको हो ।
भारतमा पनि बीपीको उचाइ कुनै पनि नेताको भन्दा कम थिएन । बीपी र जयप्रकाशले बसेर कुरा गरेको मैले सुनेको छु ।
जयप्रकाश जेठो हुनाले बीपीले दाजुजस्तो मान्नुहुन्थ्यो तर कुराकानीमा बराबरी स्तर देखिन्थ्यो । त्यस्तो योग्य मान्छेलाई कसरी भ्रम पर्यो भारतले मलाई प्रजातन्त्रमा मद्धत गर्छ भनेर रु कहिँ कतै कुटनीतिको किताबमा दुई देशको सम्बन्धमा अर्को देशको स्वार्थमा तपाईँलाई मद्धत गर्छ होला र रु यो कुनै किताबमा लेखेको छ रु
बीसौँ शताब्दीमा एकदमै चर्चित भएका ‘हेनरी केसिन्जर’ को प्रसिद्ध किताब छ– डिप्लोमेसी ।
उनले स्पष्टरुपमा वर्णन गरेका छन् । राज्यको उत्पत्तिदेखि सबैको कुरा छ । हजार पृष्ठको पुस्तकको निष्कर्ष छ– प्रजातान्त्रिक प्रणालीले हाम्रो व्यवस्थालाई मद्धत गर्छ र सफलतामा पुर्याउँछ भन्ने हामीलाई विश्वास छ । लोकतान्त्रिक पद्धतीबाट हाम्रा लक्ष्य पूरा भएनन् भने हामी अन्य बाटो अपनाउन तत्पर रहन्छौँ ।
भारतले हाम्रो हितमा काम गर्छ भनेर कहाँ लेखिएको छ रु यो कुरा कसले भनेको छ रु कुन शास्त्रमा भनेको छ रु कुन देशमा भनेको छ रु भारतल त्यत्रो महान लोकतान्त्रिक देश हो भने भुटानमा किन लोकतन्त्र कायम नगरेको रु
यति कुरा स्पष्ट भनेपछि अहिले यहाँ हेरौँ– कांग्रेसका नेताले यो कुरा किन बुझेको छैनन् । नेपालको गिटी ढुंगा होस् या अन्य कुरा भारतले हाम्रो हितमा काम गर्छ भनेर कहाँ लेखिएको छ रु यो कुरा कसले भनेको छ रु कुन शास्त्रमा भनेको छ रु कुन देशमा भनेको छ रु भारतल त्यत्रो महान लोकतान्त्रिक देश हो भने भुटानमा किन लोकतन्त्र कायम नगरेको रु भुटानमा त गरेन ल छोडौँ – बर्मामा वर्षौँदेखि लोकतन्त्रका लागि संघर्ष भइरहेको छ । आङ सान सू ची त्यत्रो वर्ष लडिन् खोइ त्यहाँ के गर्यो त भारतले ?
नेपालमा यो भ्रम किन उत्पन्न भइरहेको छ त रु झट्ट हेर्दा बीपी भारत जानुभयो, ४६ सालको आन्दोलनमा भारतले सहयोग गर्यो, ०६२–६३ मा भएको जनआन्दोलनमा सहयोग गर्यो भन्ने लाग्छ तर त्यतिमात्रै होइन ।
२०४६र०४७ सालको आन्दोलन हतियार विषयक सम्झौतामा नेपालले अवज्ञा गरेका कारण भएको हो कि गणेशमान सिंहले आह्वान गरेका कारण भएको थियो रु यी कदमको अन्तरमा जानुभयो भने भारतले कहिल्यै पनि नेपालमा प्रजातन्त्र आओस् भनेको छैन । भारतले थुप्रै असल काम पनि गरेको छ त्यो मलाई थाहा छ ।
भारतले कहिल्यै पनि नेपालमा प्रजातन्त्र आओस् भनेको छैन ।
नेपालभित्र अन्तरयुक्तरुपमा अप्रजातान्त्रिक प्रणाली छ ।
एकैछिन संविधानको कुरा छोड्नुस् । समाजको कुरा गर्नुस् । समाज र राष्ट्रको आफ्नै संरचना छ । त्यो काठमाडौंका बुद्धिजीवीलाई अप्ठेरो पर्छ ।
नेपालमा तीन थरीका नागरिक छन्ः आदिवासी, मधेसी र खस आर्य । यी तीनवटा मुख्य हुन् ।
नेपालमा १० प्रतिशतले ९० प्रतिशतलाई शासन गर्छ । यहाँनेर भारतले खाइदिन्छ भन्ने महेन्द्रको मनोविज्ञानले पनि काम गर्छ ।
‘नेपाल भारतले खाइदिन्छ, म भएरमात्रै हो’ भनेर नेपालमा तानाशाहले अप्रजातान्त्रिक तरिकाले शासन गरिरहेका छन् ।
सिक्किमको उदाहरण दिएर खाइदिन्छन् । प्रजातन्त्रको नाममा खाने आउँछन् ।
हामीले भारत र चीनसँगको सम्बन्ध कस्तो हुने भनेर कहिल्यै छलफल पनि गरेका छैनौँ । अनि विपक्षीले पनि भारतले हटायो भन्ने
‘नेपाल भारतले खाइदिन्छ, म भएरमात्रै हो’ भनेर नेपालमा तानाशाहले अप्रजातान्त्रिक तरिकाले शासन गरिरहेका छन् ।
६ महिनाअघिसम्म भारत केपी ओलीको कट्टर विरोधी भनिएको होइन ? हटाउन पाए हुन्थ्यो भनेको सुनियो, अहिले सामन्त गोयल आए सम्बन्ध बदलियो भन्ने छ ।
के ६ महिनामा एकअर्ब बढी नागरिक भएका राष्ट्रको ६ महिनामा नीति परिवर्तन हुन्छ ?
भारतको नीति स्थायी छ । नेपालको प्रधानमन्त्री भएर के बोलेको भनेर पत्ता लगाउनुपर्यो । कानुनीरुपमा सानो र ठूलो देशको अधिकार बराबर हुनुपर्ने हो तर वास्तविकरुपमा त्यस्तो छैन ।
छरछिमेकीसँग झगडा भइरहन्छ । तर गालीलाई त्यो हदसम्म पनि लैजानुहुँदैन ताकि भोलि आफैँलाई लाज लाग्ने अवस्था आओस् ।
अहिलेका प्रधानमन्त्रीले आफूलाई धेरै ज्ञानी सम्झनुहुन्छ । तर सत्ताको उपयोग हुन सकेन । उहाँले दुरुपयोग बढी गर्नुभयो । जुन गिरिजाबाबुले गर्नुभएको थियो ।
प्रधानमन्त्री भएको भोलिपल्टदेखि निहुँ किन खोजेको रु प्रचण्ड पनि प्रधानमन्त्री हुनासाथ पशुपति, सेनापति, राष्ट्रपतिसँग निहुँ खोजेर बस्नुभयो ।
सत्तामा पुगेपछि परिपक्व व्यवहार गर्नुको सट्टा सिंगौरी खेल्न थालेपछि समस्या आउँछ ।
गिरिजाबाबुले पार्टीभित्र, कर्मचारीसँग, बाहिर जताजतै निहुँ खोज्नुभयो, सत्ताको नसा चढेपछि यो समस्या हुन्छ ।
मैले त चीन, भारत, अमेरिका केही भन्दिन किनकि उनीहरु त खोज्छन् आफ्नो स्वार्थ । तर यहाँ हामीले नरमरुपमा आफ्नो अडान राख्न सक्नुपर्यो नि १ हामीले व्यवहार गर्न नजानेको हो । एकातिर लम्पसार पर्ने खुट्टैमा ढोग्ने अर्कोतिर देखाइदिन्छु भन्ने ।
भारत र चीनलाई हामीले समान व्यवहार गर्नुपर्छ भन्ने धारणा पनि छ यो सही हो कि होइन ?
बीपीले यसलाई निकै राम्रोसँग भन्नुभएको थियो । चीन हाम्रो राम्रो साथी हो तर भारत साथीभन्दा निकटतम मित्र हो ।
अहिले हामीलाई सफल राजनीतिज्ञ चाहिएको छ । सफल राजनीतिज्ञ त्यो हो जसले अरुले हानेको ढुंगा जम्मा पारेर घर बनाउँछ ।
भारत पनि आजको मितिमा आवश्यकताभन्दा बढी अहंकारले पोषित छ ।
तर अहिलेको अवस्थामा हामीले चीनसँग दुरी राख्न सक्छौँ त ?
बीपीले के लेख्नुभएको छ भने– उहाँले माओसँग सहयोग माग्नुभयो । यो कुरा बीपीको आत्मवृतान्तमा पनि छ । त्यहाँ चीनले ‘हामीले तिमीलाई जति पनि पैसा दिन सक्छौँ । हामीसँग पैसाको कमी छैन । तर तिमीलाई भारतले कति दिन्छ रु’ भनेर भन्यो ।
यो किन भनेको भने कुनै पनि देशको सामरिक नीति दुईजना नेताको भावुकताले निर्धारण गर्दैन । सबैभन्दा महत्व हो भूराजनीति । अपवाद हुन सक्छ । हाम्रा नदी, हाम्रा खोला छन् नि यसले पनि नीति निर्धारणमा सहयोग पुर्याउँछ । खोलाले बाटो निर्धारणमा सहयोग पुर्याउँछ ।
चीनले बेला बेलामा दिएको अनुदान, भारतले गरेको नाकाबन्दीमा दिएको सहयोग छ । भारतमा यतिधेरै भारत विरोधी भावना बढेको छ यसमा दुवै पक्षको कमजोरी छ ।
नेतालाई उनीहरुले भ्रष्ट बनाइसकेका हुन्छन्
नेतालाई उनीहरुले भ्रष्ट बनाइसकेका हुन्छन् अनि भारतले यहाँका जनतालाई हेप्न थाल्छ जनताले त्यो कुरा सहँदैनन् । जनताले भारतको ऋण खाएको हुँदैन त्यसैले भारतविरोधी भावना बढेको हो ।
यो समस्या बढी छ त्यो समाधान गर्नैपर्छ ।
जनताले भारतको ऋण खाएको हुँदैन त्यसैले भारतविरोधी भावना बढेको हो ।
भारतको यहाँ भएका दूतावासका अधिकारीले दिल्ली पुगेर नेपाललाई चीनले खान्छ सहयोग बढाउनुपर्यो भने नेपाली अधिकारीले पनि त्यही भने ।
दुर्भाग्य त के छ भने यो नेताहरुको वक्तव्यमा छ । हामी फसेका छौँ । यो समस्याको समाधान गर्न ओली या देउवाले सक्नुहुँदैन ।
नयाँ पुस्ताले गर्नुपर्ने हो । तर उनीहरु पनि गुटको पछि लागे । बारखरीबाट