इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामको वार्षिक भित्तेपात्रो २०७८ सार्वजनिक भएको छ । आज शनिबार इलाममा आफ्नै कार्यालयमा पात्रोको एक कार्यक्रम गरि विमोचन गरिएको हो । वार्षिक रुपमा प्रकाशन गर्दै आएको पात्रोको साईज र स्तरीयता भने यस वर्ष बढाईएको छ । यस पटक ६ पेजको पात्रो प्रकाशन गरिएको छ । विगतका वर्षहरुमा भन्दा यसवर्ष साईज र स्तरीयता राम्रो भएको अनुमान आयोजकले जनाएको छ ।
भित्तेपात्रोको विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष रामकुमार लिम्बूले पात्रोको सार्वजनिक गरेको थियो । कार्यक्रमा लिङदम सहित किरात याक्थुङ चुम्लुङका राष्ट्रिय परिषद् सदस्य सन्तोस नेम्बाङ, कियाचु जिल्ला कोषाध्यक्ष बुद्धमाया सोङमी, इलाम नगर अध्यक्ष बखतवहादुर आङदेम्बे, नायब सुब्बाद्वय सुरेन्द्र सुब्बा र कृष्ण सुब्बाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बक्ताले लिम्बू विद्यार्थी मञ्च इलामको गतिविधिको प्रशंसा र थप प्रगतिको शुभकामना दिएको थियो । मञ्चका जिल्ला अध्यक्ष अतित योङहाङको अध्यक्षता, सहसचिव मनोज साँबाको सञ्चालन भएको कार्यक्रम र उपाध्यक्ष सन्तोष लिङदमले स्वागत मन्तव्य राखेका थिए ।