Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा फोहोरमैला व्यवस्थापन गर्न सरसफाइ अभियानको थालनी (फोटो फिचर)

सूर्योदयमा फोहोरमैला व्यवस्थापन गर्न सरसफाइ अभियानको थालनी (फोटो फिचर)

  • सन्देश सम्बाददाता
  • आइतबार, मंसिर २८ २०७७


सूर्योदयमा फोहोरमैला व्यवस्थापन गर्न सरसफाइ अभियानको थालनी (फोटो फिचर)

फिक्कल । सूर्योदय नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नगरस्तरीय सरसफाइ अभियान सुरु गरेको छ । अभियानको एक कार्यक्रम बिच नगरप्रमुख रण बहादुर राईले शुरुवात गरेका छन् ।
सरसफाई अभियानको थालनी कार्यक्रममा नगर उप्रमुख दुर्गादेवि भट्टराई, वडा ८ का अध्यक्ष सुवास राई, १० का वडाध्यक्ष पेमा उगेन लामाको उपस्थिति थियो । अभियानमा नगरका जनप्रतिनिधिहरु, स्थानीय सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितको सहभागिता रहेको छ ।
नगरपालिकाको केन्द्र रहेको फिक्कल चोक बजारबाट थालनी सबै वडामा संचालन भएको थियो । १४ वटै वडाहरुमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र टोल विकास संस्थाहरुको सहभागितामा एकै साथ सरसफाइ कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रणबहादूर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार