दानाबारी । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कार्यक्रम इलामको माई नगरपालिकामा सम्पन्न भएको छ । माई नगरपालिका उप–प्रमुख बिष्णुमाया आर्चाय रिमालको अध्यक्षतामा भएको कार्यक्रममा लैङ्गि हिंसाका न्युनिकरणका लागि जनचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माइ नगरपालिका प्रमुख दिपक थेवेले समाजमा हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि नगरपालिकाले सचेतनामुलक कार्यक्रम अभियानका रुपमा संचालन गर्ने बताए । आर्थिक अवस्था कमजोरका कारण पनि लैङ्गिक हिंसा बढेकाले आयमुलक कार्यक्रम संचालन गरि सबै जनताको जिवनस्तर उठाउन नगरपालिका लागि परेको उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस शोसाइटी दानाबारी शाखा सभापति मित्र गौतम,शस्त्र प्रहरी बल दानाबारी बेशक्याम प्रमुख दिलिप बस्नेत नगरपालिकाका कार्यपालिका सदस्य कुमारी रैका मगर लगायले लैङ्गिक हिंसा अन्त्यका लागि राज्यका सबै निकाय एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । माई नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ मंसिर १० गतेदेखि अभियान शुरु गरि २५ गते अन्त्य गरिएको माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।