Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रगुन गुरुङले ल्याए ‘दशैंको जमरा’, मार्मिक भिडियो सहित

रगुन गुरुङले ल्याए ‘दशैंको जमरा’, मार्मिक भिडियो सहित

  • सन्देश सम्बाददाता
  • शनिबार, कार्तिक ८ २०७७


रगुन गुरुङले ल्याए ‘दशैंको जमरा’, मार्मिक  भिडियो सहित

इलाम ।   विदेशिएका युवाहरुको भावनालाई समेटेर गायक रगुन गुरुङले ‘दशैंको जमरा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

जय भण्डारीको शब्द र रविन जोयको एरेन्जमा तयार भएको गीतको भिडियो पनि तयार भएको छ । बसन्त वाम्बुले राईको निर्देशनमा तयार भएको भिडियोमा परदेशीएका नेपाली युवाहरुको भावना र पीडालाई मार्मिक रुपमा देखाइएको छ । जिएम नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोका कलाकारहरुको मेकअपमा महेश सिग्देलले सहयोग गरेका छन भने अनपम राईले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

बसन्त र सबनमलगायतका कलाकारहरुले अभिनय गरेको भिडियोको पोष्ट प्रोडक्सनको जिम्मेवारी जिएम प्रडक्सनले निर्वाह गरेको छ । भिडियोको उत्पादनका लागि रस्मी, रोहन र रचना गुरुङले सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार