Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मजदुरका घरमा विकास पुर्याउँछौँ :  सासंद काजिमान कागते

मजदुरका घरमा विकास पुर्याउँछौँ :  सासंद काजिमान कागते

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र १९ २०७७


मजदुरका घरमा विकास पुर्याउँछौँ  :  सासंद काजिमान कागते

कन्याम । प्रदेश सासंद काजिमान कागतले चिया मजदूरका घरमा समृद्धि ल्याउने खालको विकासका योजना ल्याउने बताएका छन् । बहुमतको सरकार बनेपछि चिया मजदूरका घरदैलोमा विकास पुर्याउँने बताएपनि कानुनी प्रक्रियाले अहिलेसम्म समस्या भएपनि अब कानुन परिवर्तन गरेर भएपनि मजदूरका घरमा समृद्धि ल्याउने योजना रहेको सासंद कागतेले बताए । नेकपा कम्युनिष्ट पार्टी सूर्योदय नगरपालिका ७ को टोल कमिटी गठन कार्यक्रममा बोल्दै सासंद काजिमान कागतेले इलामको कन्याम क्षेत्र हजारौँ पर्यटक आउने क्षेत्र भएकाले मजदूरका धुरालाई होमस्टेको रुपमा विकास गर्ने योजना रहेको बताए ।

‘चुनावी अभियानमा हामीले मजदूर बस्ने धुरालाई होमस्टेको रुपमा विकास गर्ने योजना अघि सारेका थियौँ, अहिले सरकार गठन भएपनि कानुनी समस्याले बाध गरिरहेको छ ।’ उनले भने ‘हामी कानुन परिवर्तन गरेर भएपनि हामी मजदूरका घरका विकासका योजना बनाउँछौँ, भोट बैंकको रुपमा रहिरहन दिँदैनौँ ।’ नेकपाको गठन हुने टोल कमिटीले मजदूरका समस्या र योजनाहरु संकलन गरि बजेटमा समावेश गर्न पार्टीको माथिल्लो निकायमा पठाउन सांसद कागतेले आग्रह गरे ।

टोल कमिटी गठन कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले सुर्योदय नगर क्षेत्रको आर्थिक विकासमा चिया मजदूरको योगदान अमुल्य भएको प्रसंशा गरे । चियाको राजधानी सूर्योदय नगरपालिकामा चिया क्षेत्रमा काम गर्ने मजदूरको योगदान अमुल्य रहेकाले उनीहरुले पाउने श्रमका लागि नगरपालिका सधैँ मजदूरको साथमा रहेको प्रमुख राईले बताए । कार्यक्रममा सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवि भट्टराईले मजदूरको हक हितका लागि सूर्योदय नगरपालिका र नेकपा पार्टी सधै एक प्रतिवद्ध रहेको बताइन् ।

उनले मजदूरका समस्याका समाधानका बारेमा स्थानीय सरकारले संघीय र प्रदेश सरकारसँग समन्वय गर्ने बताइन् । भेलाले टेकराज गिरीको अध्यक्षतामा ११ सदस्य नेकपाको टोल कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलसा राई, सचिवमा नरेन्द्र बस्नेत, सह सचिवमा शरण पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वेदनारायाण चौलागाई, होमनाथ रिजाल, गोपिमाया तामाङ, मञ्जु बस्नेत, हिमा काफ्ले, मिलन प्रधान र स्मिता राई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार