चुलाचुली : झापासंग सिमाना जोडिएको इलामको चुलाचुली गाउँपालिकाले आगामी भाद्र १२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने भएको छ । वन वातावरणा तथा विपद व्यवस्थापन समितिको बैठकले गाउँपालिका मातहतको कार्यालय, वडा कार्यालय, र अन्य कार्यालयबाट उपलब्ध गराउँदै आइरहेको सेवा मध्ये अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएको हो ।
इलामको दक्षिणी सिमानामा रहेको झापा जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका क्षेत्रमा कोभिड–१९ को संक्रमित बढिरहेको कारण रोगको संक्रमणको खतरा देखिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । गाउँपालिका क्षेत्र भित्रका पर्यटकिय स्थल, होटल व्यवसाय र सभा समारोह लगायत भिडभाड हुने क्षेत्रलाई पुर्ण रुपमा बन्द गराइने सुचना मार्फत जानकारी दिइएको छ ।