Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा २ सय ६६ जनालाई अपाङ्ग परिचय पत्र वितरण

सन्दकपुर गाउँपालिकामा २ सय ६६ जनालाई अपाङ्ग परिचय पत्र वितरण

  • किरण राई
  • मंगलबार, साउन २० २०७७


सन्दकपुर गाउँपालिकामा २ सय ६६ जनालाई अपाङ्ग परिचय पत्र वितरण

सन्दकपुर । सन्दकपुर गाउँपालिका आर्थिक वर्ष २०७६÷०७७ मा २ सय ६६ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाको महिला शाखाले क, ख, ग र घ वर्गमा अपाङ्ग परिचय पत्र वितरण गरेको हो ।
म्हिला शाखाले गाउँपालिका भित्रको ५ वटै वडामा क वर्गको १३ जना महिला २६ जना पूरुष, ख वर्गमा ३१ जना महिला ४७ जना पुरुष र ग वर्गमा ३१ महिला ५२ जना पुरुषलाई अपाङ्ग परिचय पत्र वितरण गरेको हो । गाउँपालिकाको महिला शाखाकी दिक्षा थापाका अनुसार घ वर्गमा ४५ पूरुष र २१ जना महिलालाई अपाङ्गताको परिचय पत्र प्रदान गरिएको छ ।
गाउँपालिकाको तथ्याङ्ग अनुसार २ सय ६३ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । एक सय ११ जना महिला र १५२ जना पुरुषलाई जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको हो । त्यस्तै महिला लक्षित कार्यक्रम अन्तरगत बस्तुगत अनुदान समेत प्रदान गरिएको छ । गाउँपालिकाको अनुदानमा एक सय ४८ परिवालाई बंगुर, बाख्रा, कोरली बाछि वितरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार