इलाम । सोमबार राती इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारेमा भएको आगलागीको बिषयमा पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले दुःख व्यक्त गरेका छन् । इलाम क्षेत्र नं १ को संघिय सांसाद समेत रहेका खनालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आगलागि नियन्त्रणका लागि तत्काल घटनास्थलमा पुगी थप क्षति हुनबाट जोगाउन महत्वपुर्ण भुमिका खेल्ने जनप्रतिनिधी, स्थानियबासिन्दा साथै सुरक्षा निकायलाई धन्यवाद समते ज्ञापन गरे । उनले पिडित परिवारलाई तत्काल उचित बसोबासको व्यवस्थाका साथै राहतको प्रवन्ध मिलाउन स्थानिय तह र सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।