Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नामसालिङको शुक्रबारे बजारमा आगलागि हुँदा ७० लाख बराबर क्षति

नामसालिङको शुक्रबारे बजारमा आगलागि हुँदा ७० लाख बराबर क्षति

  • रोशन काफ्ले
  • मंगलबार, बैशाख ३० २०७७


नामसालिङको शुक्रबारे बजारमा आगलागि हुँदा ७० लाख बराबर क्षति

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागिबाट करिव ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागिबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको हो । नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागि भएको थियो । घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो ।


आगलागिबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ । नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनु पर्ने भएकाले समय लागेको इन्र्चाज टेकराज गिरीले जानकारी दिए । आगलागिबाट घर पुर्ण रुपमा क्षति भएको पिडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार