Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ५१ लाख भन्दा बढि रकम

इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ५१ लाख भन्दा बढि रकम

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख १२ २०७७


इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ५१ लाख भन्दा बढि रकम

इलाम । कोरोना भाइरस (कोभिड –१९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि इलाम नगरपालिकाले स्थापना गरेको कोरोना नागरिक सुरक्षा कोषमा हालसम्म ५१ लाख रुपैया भन्दा बढि जम्मा भइसकेको छ । नगरले कार्यक्रम खर्चको ५ लाख रुपैया र पदाधिकारीको तालिम तथा भ्रमण खर्चको ५ लाख रुपैयाबाट सुरु भएको कोषमा स्थानिय सरकारका जनप्रतिनिधिको तलब र दाताहरुको सहयोगमा हालसम्म कोषमा ५१ लाख ३२ हजार ५६६ रुपैया जम्मा भएको छ ।
नगरको कोषमा जिल्लामा क्रियाशिल रहेको विभिन्न संघ संस्था तथा व्यसायीहरुले सहयोग प्रदान गरेका हुन् । दाताहरुबाट प्राप्त रकमलाई कोरोनाबाट हुन सक्ने सम्भावित जोखिम न्युनिकरण तथा विपन्न र असंगठित मजदुरको दैनिकी सहज बनाउनका लागि आवश्यक परेको खण्डमा उपयोगमा ल्याइने इलाम नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । नगरको कोषमा चैत्र २० गते यतामा मात्र १० लाख ११ हजार रुपैया जम्मा भएको इलाम नगरपालिकाका कर्मचारी हेमराज ढकालले बताए ।
क–कसले दिए सहयोग

प्रतिक्रिया
सम्बन्धित समाचार