Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ४१ लाख भन्दा बढि रकम

इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ४१ लाख भन्दा बढि रकम

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २० २०७६


इलाम नगरपालिकाको नागरिक सुरक्षा कोषमा ४१ लाख भन्दा बढि रकम

इलाम । कोरोना भाइरस (कोभिड (१९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि इलाम नगरपालिकाले स्थापना गरेको कोरोना नागरिक सुरक्षा कोषमा हालसम्म ४१ लाख रुपैया भन्दा बढि जम्मा भइसकेको छ । नगरले कार्यक्रम खर्चको ५ लाख रुपैया र पदाधिकारीको तालिम तथा भ्रमण खर्चको ५ लाख रुपैयाबाट सुरु भएको कोषमा स्थानिय सरकारका जनप्रतिनिधिको तलब र दाताहरुको सहयोगमा हालसम्म कोषमा ४१ लाख २१ हजार ५ सय ५५ रुपैया संकलन भएको नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।


जनप्रतिनिधीको एक महिनाको तलब सुविधा ८ लाख ८५ हजार र साविकको दैविक प्रकोप कोषको २० लाख रुपैया रकमान्तर भएको छ । त्यसैगरी निर्माण व्यवसायी संघ इलामले १ लाख १ हजार, जनक तिम्सिनाले १ लाख, सुनचाँदी व्यवसायी धनमान बराइलीले २० हजार, नेकपाका नेता जिवन शर्माले १० हजार र भुपेन्द्र पुरीले ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छन् । नगरपालिकाको कर्मचारीहरुको एक दिनको तलब करिव ४ लाख रुपैया समेत कोषमा जम्मा गरिने नगरपालिकाका कर्मचारी हेमराज ढकालले जानकारी दिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार