नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले दोश्रो दिन वडा नं ३ र ४ मा राहत स्वरुप खाध्यान्न वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३ का ५३ र वडा नं ४ का ३६ घरलाई खाध्यान्न वितरण गरेको हो । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भएको भन्दै गाउँपालिकाले हिजोबाट खाध्यान्न वितरण सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष जित बहादुर राई वडा नं ३ का वडाध्यक्ष याम लामा कार्यपालिका सदस्य वीर बहादुर देवान वडा सदस्यहरु साथै प्रहरी प्रशासन राजनितिक दलका प्रतिनिधिको रोहबरमा वितरण गरिएको नेकपा वडा कमिटी अध्यक्ष गायत्री काफ्लेले जानकारी दिए ।
त्यसैगरी वडा नं ४ मा वडाध्यक्ष गणेशकुमार राई र गाउँपालिका अध्यक्ष जितबहादु राई लगायतको उपस्थितीमा खाध्यान्न वितरण गरिएको हो । सरकारले तोको मापदण्ड अनुसार नभई गाउँपालिकाले परिवारको अवस्था हेरेर समानुपातिक रुपमा बितरण गरेको कार्यपालिका सदस्य देवानले जानकारी दिए । वडा नं ३ मा आज सवैलाई राहत वितरण गर्न नसकिएकाले भोली निरिक्षण गरेर थप वितरण गरिने भएको छ । त्यसैगरी भोली वडा नं १ र वडा नं २ का विपन्न परिवारलाई पनि खाद्यन्न राहत सामाग्री वितरण गरिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।
गाउँपालिकाले सवै वडाबाट विपन्न एवम मजदुरहरुको पहिचान गरी राहत स्वरुप खाध्यान्न वितरण सुरु गरेको थियो । जसका लागि गत साता १ सय क्विन्टल भन्दा बढि चामल स्टक गरेर राखेको थियो । अपुग भएमा थप आयात गरेर वितरण गरिने अध्यक्षका निजि सचिव सन्जीव थामीले जानकारी दिए । यस्तै भारतीय क्षेत्र संग सिमा जोडिएको स्थानमा गाउँपालिकाले थप कडाई गरेको छ । नेपाल र भारतको सिमानाका बन्द अवस्थमा रहे पनि प्रहरी परिचालनमा थप कडाई गरिएको अध्यक्ष राईले जानकारी दिए ।