Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

विपन्न र मजदुरलाई माईजोगमाई गाउँपालिकाको चामल सहयोग

विपन्न र मजदुरलाई माईजोगमाई गाउँपालिकाको चामल सहयोग

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०७६


विपन्न र मजदुरलाई माईजोगमाई गाउँपालिकाको चामल सहयोग

नयाँबजार । कोरोनाका कारण विपन्न र मजदुरलाई खाध्यान्न अभाव भएपछि माईजोगमाई गाउँपालिकाले चामल प्रदान गरेको छ । गाउँपालिकाले ६ वटै वडाबाट लगत संकलन गरी आजबाट चामल वितरण सुरु गरेको हो । पहिलो दिन वडा नं ५ र ६ नम्बरका ८६ परिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।


उनका अनुसार वडा नं ५ को वडा कार्यालयबाट ३७ जना र स्वास्थ्य कार्यालयबाट २० परिवारलाई वितरण गरिएको थियो । त्यसैगरी वडा नं ६ को कार्यालयबाट २९ परिवारलाई बितरण गरिएको छ । मापदण्ड बनाएर वितरण गरिएको राईले बताए । २ जनासम्म परिवारको भएकालाई १५ केजी, २ देखी ४ जना परिवार भएकालाई ३० केजी र त्यसमाथीकालाई प्रतिकेजीको ३० प्रतिशतको दरले हिसाब गरेर बितरण गरिएको उनले बताए । भोली वडा नं ३ र ४ मा वितरण गरिने भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार