Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दक्षिणि इलामको माङ्सेबुङ ४ स्थित रतुवा खोलामा झोलुङ्गे पुल निर्माण 

दक्षिणि इलामको माङ्सेबुङ ४ स्थित रतुवा खोलामा झोलुङ्गे पुल निर्माण 

  • सुजन तिमल्सिना 
  • शनिबार, फाल्गुन १७ २०७६


दक्षिणि इलामको माङ्सेबुङ ४ स्थित  रतुवा खोलामा झोलुङ्गे पुल निर्माण 

माङ्सेबुङ्ग ।   दक्षिणि इलामको माङ्सेबुङ गाउँपालिकाको रतुवा खोलामा झोलुङ्गे पुल निर्माण शुरु भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालय झापाबाट माङ्सुबुङ्ग ४ को सिमकेरीको रतुवा खोलामा झोलुङ्गे पुलको निर्माण शुरु भएको   हो ।

सुनगाभा विकास संस्था इलामबाट प्राविधिक सहयोग र उपभोक्ताको प्रत्यक्ष सहभागितामा एक सय २० मिटर लामो पुल निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु भएको सस्पेन्सन पुलमा चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन  भइ काम भइरहेको पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर सुजन दाहालले बताए।

झोलुङ्गे पुल निर्माणपछि माङ्सेबुङ्ग गाउँपालिका ४ को दुई सय परिवारलाई झापाको दमक बजार आवातजावतमा सहज हुने प्रदेश सासंद धिरेन्द्र सर्मा रमणले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार