Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

समृद्ध राष्ट्र निर्माणमा सरकार कटिवद्ध : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ

समृद्ध राष्ट्र निर्माणमा सरकार कटिवद्ध : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ

  • सन्देश सम्बाददाता
  • शुक्रबार, पौस २५ २०७६


समृद्ध राष्ट्र निर्माणमा सरकार कटिवद्ध : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध राष्ट्र निर्माणमा सरकार कटिवद्ध रहेको बताएका छन् । मुलुकको बिसामा सबै भएमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङले बताए । तिब्र विकास मार्फत देशलाई सवृद्धको यात्रामा पुर्याउन विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङको दाबी छ ।


पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका ५ मा स्थानीय जनप्रतिनिधिहरु र पार्टी कार्यकर्तासँग भेटघाट तथा नेम्वाङले पूर्वपहाडको जिल्लाहरु जोड्ने राँके रबी भेडेटार सडकको स्थलगत अनुगमन गर्दै उक्त कुरा बताएका हुन् । मन्त्री नेम्बाङले ठूला पूर्वाधारका आयोजना, विकास निर्माणका कामसँगै सेवा प्रबाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पूर्वपहाडको जिल्लाहरु जोड्ने राँके रबी भेडेटार सडकको स्थलगत अनुगमन गरेका छन् ।


निर्माणको काममा ढिलाइ भएपछि मन्त्री नेम्वाङ अनुगमनमा पुगेका छन् । उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, स्थानीयबासी र सरोकारवालासँग छलफल गर्दै समयमै काम सक्ने वातावरण बनाउन पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । नेम्वाङले आयोजनाका इन्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिसँग पनि काममा ढिलाइ भएकोबारे फिल्डमै छलफल गरेका छन् ।
अनुगमनमा भौतिक पूर्वाधार सचिव देन्वेद्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा, इलामका प्रदेश सासंद धिरेन्द्र सर्मा रमण लगायतको सहभागिता रहेको थियो ।


भारतको आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोडमा ठेक्का लागेको हो । यो परियोजनामा १३ प्रतिशत लगानी नेपालले पनि गर्दैछ भने ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोगबाट हुनेछ । १०१ किलोमिटर लामो यो सडकको भारतीय कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ । यति लामो सडक खण्डमा कल्भर्टबाहेक ठूला पूलहरु बनाउनुपर्ने अवस्था छैन ।

मन्त्री नेम्वाङले यो खण्ड विस्तारमा ठूलो अवरोध र चुनौती नभएकाले तोकिएको समयभित्रै आयोजना निर्माण गरिसक्ने ठेकेदार कम्पनीलाई पनि निर्देशन दिए । केही स्थानमा मात्रै पोलहरु हटाउनुपर्ने अवस्था रहे पनि समन्वय गरेर हटाउँदै फटाफटी कालोपत्रे गर्न उनले निर्देशन दिएका हुन् ।
२०४६ सालमा नै ट्र्याक खुलेपनि यो सडक स्तरोन्नती गर्न ढिलाइ भएको थियो । गत वर्ष प्रधानमन्त्री ओलीले नै यो सडकको शिलान्यास गरेका थिए । दुई लेनमा विस्तार हुने यो सडक तीन वर्षभित्र बनाइसक्ने गरी ठेक्का लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार