Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा दाेश्राे चरणकाे कालिगड तालिम

इलाम नगरपालिकामा दाेश्राे चरणकाे कालिगड तालिम

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ३ २०७६


इलाम नगरपालिकामा दाेश्राे चरणकाे कालिगड तालिम

इलाम । इलाम नगरपालिकाको आयोजनामा घर निर्माण मजदुरहरूका लागि दाेश्रो चरणको कालिगड तालिमको उद्घाटन भएको छ । वडा नं ९ का अध्यक्ष श्याकृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा इलाम नगरपालिका ८ देखी १२ नम्बर वडा तथा सन्दकपुर गाउँपालिकाका गरी ४० जना कामदारहरुको सहभागीता रहेको छ ।
जिल्लाको सदरमुकाम समेत रहको क्षेत्रमा बढदो जनघनत्वसँगै भुकम्प प्रतिरोधी घर निर्माणको आवश्यकता देखिएकाले तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ । १२ वटा वडा रहेको नगरमा २५ हजार २३६ र पुरुष र २३ हजार ६०६ महिला गरी कुल ४८ हजार ५ सय ३६ जनसंख्या रहेको छ । महिला रहेको छ । हाल नगरमा १२०० जना प्रति वर्ग किमि। जनघनत्व रहेकोमा सो बढिरहेको अवस्थामा भएको र नगरमा घडेरी बिक्री वितरण बढिरहेको अवस्था विद्यमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार