Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सिमा अतिक्रमण बिरुद्ध नेविसंघ इलामको बिरोध प्रर्दशन

सिमा अतिक्रमण बिरुद्ध नेविसंघ इलामको बिरोध प्रर्दशन

  • लोकल सन्देश
  • मंगलबार, कार्तिक २६ २०७६


सिमा अतिक्रमण बिरुद्ध नेविसंघ इलामको बिरोध प्रर्दशन

इलाम । भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध नेपाल बिद्यार्थी संघ इलामले प्रर्दशन गर्दै सिमा नक्शा सच्याउन माग गरेको छ । नेपाल बिद्यार्थी संघ महेन्द्ररत्न बहुमुखी क्याम्पस मानविकी र ब्यावस्थापन संकायको अगुवाईमा भएको बिरोध प्रर्दशनमा महेन्द्ररत्न महुमुखी क्याम्पस, आर्दश उच्च माबि र फाउडेका बिद्यार्थीको सहभागीता रहेको थियो ।

भारत बिरुद्ध चर्को नाराबाजी गर्दै बिद्यार्थीले इलामको ठूलो टुडीखेल ,मालापथ हुँदै इलाम बजारमा कोणसभा गरेका थिए । सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघ इलामका कार्यवहाग अध्यक्ष प्रकाश भट्टराईले भारतले सार्वजनिक गरेको नक्शा नसच्याए शशक्त आन्दोलन बिद्यार्थीले गर्ने बताउनु भयो । उहाले लिपुलेक कालापानी जस्ता एतीहासीक ठाउँ भारतले आफनो नक्शामा राख्दा पनि सरकारले केहि गर्न नसकेको आरोप लगाउनु भयो । कार्यक्रममा नेविसंघ मरब क्याम्सप शिक्षा संकाय इकाई अध्यक्ष बिप्लब दाहाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रको संयोजन मरब क्याम्पस ब्यावस्थापन संकाय इकाई अध्यक्ष प्रकाश अधिकारी र मानविकी संकाय इकाई अध्यक्ष अल्फा राईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार