दानाबारी । इलामको दक्षिणी माई नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा दशै, तिहार, छठ पर्व लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माई नगरपालिका अध्यक्ष धनकुमार लिम्बुकाे अध्यक्षतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा विकासको गति तिब्र भएको बताए । दुई तिहाईको सरकार गठन भएको पहिलो वर्ष तिब्र विकासको आधार तयार गरेकाले आगामि दिनमा पूर्वाधार निर्माणका कामले फड्को मार्ने नेता खनालले बताए ।
कार्यक्रममा प्रदेश सासंद काजिमान कागते, नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सासंद धिरेन्द्र शर्मा रमण, माई नगरपालिकाका प्रमुख दिपक थेवे, उप-प्रमुख बिष्णुमाया रिमाल, नेकपा इलामका कार्यालय सदस्य बिजय खम्बु, कार्यालय सचिव नवराज शंकर, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काग्रेस माई नगरपालिकाका सभापति कृष्ण खाकीले शुभकामना मन्तव्य राखेका थिए ।