फाकफोकथुम । फाकफोकथुम गाउपालिकाको ७ वटै वडामा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार सेट जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र खुमलटार ललितपुर बाट अनुदानमा उपलब्ध भएको सोलार सेट वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका दलित, जनजाति, अल्पसंल्ख्यक, एक महिला र अपाङ्ग परिवार गरि २ सय २२ घर परिवारलाई सोलार सेट वितरण गरिएको फाकफोक थुम गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले २ नम्बर वडादेखि ७ नम्बर वडालाई ३१÷३१ वटा र १ नम्बर वडालाई ३६ वटा सोलार सेटको कोटा विभाजन गरिएको थियो । सोहि अनुसार ५ दिन अघिदेखि छनौट भएका परिवारको घरमा गएर वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्राविधिकहरुले सोलार सेट जडान गर्दै आएका छन् ।
सोलार सेट जडानका लागि ४ जना प्राविधिकहरु वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट खटिएका छन् । गाउँपालिकाका अनुसार १ नम्बर वडाको जडान सम्पन्न भई अहिले ३ नम्बर वडाका घरमा जडानको काम भइरहेको छ ।