माईजोगमाई । लगातारको बर्षाले क्षती गरेको फिक्कल नयाँबजार सडक मर्मत गर्ने काम भैरहेको छ । बर्षाले पहिरो र लेदो झरेर थुनीएको सडक गाउँपालिकाले सफा गर्दै मर्मत समेत गरिरहेको हो ।
फिक्कला नयाँबजार सडकको बिभिन्न स्थानमा पहिरो झरेको छ । पान्दाम खोला छेउमा भने निक्कै ठूलो पहिरो झरी रहेको छ । उक्त पहिरो दिनभरमा हटाई सकिने माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ सबै ठाँउको पहिरो सफा भएको छ । पान्दाम खोलो छेउमा गाउँपालका एक्साभेटरले आज बिहान सफा गर्दै आएको छ । गाउँपालिका अध्यक्ष जितबहादुर राईले बर्षाका कारण धेरै ठाउँमा क्षती भएकाले एकै पटक सबै स्थानमा सडक सफा गर्न नसके पनि केहि दिन भित्रमा सफा गरिसक्ने जानकारी दिनु भयो ।