फिक्कल । सूर्योदय नगरपालिका इलामका १३ र १४ न वडामा अविरल बर्षाका कारण ५ दिनदेखि अवरुद्ध बिद्युत सेवा आइतबार २ बजेबाट पुनः सुचारु भएको छ ।सडक बिभागले बर्खे बजेट सक्न गरेको हतारोका कारण सडक बिस्तार गर्दा बिद्युतका खम्बा ढलेकाले गर्दा विद्युत सेवा अबरुद्ध भएको नेपाल बिधुत प्राधिकरण फिक्कल प्रशाखा प्रमुख होमबहादुर कटवालले बताए।

सडक बिभाग, स्थानीय सरकार र बिद्युत प्राधिकरण बिच समन्वय अभावका कारण त्यहाँका सर्वसाधारणले प्रायः समय सास्ती पाउने गरेका छन् लक्ष्मिपुर क्षेत्रका अधिकांश चिया कारखाना र दुग्ध चिस्यान केन्द्र जेनेरेटरको भरमा छन् जसले गर्दा उत्पादन लागत बडने उद्यमीहरु बताउँछन् । पाँच दिनदेखि बिद्युतका करमचारीहरु बिद्युत खम्बा राख्न खटिएको र यस पटक धेरै मेहनत गरेर विद्युतका कर्मचारीले काम सम्पन्न गरेको भन्दै स्थानीयबासीले प्रशंसा गरेका छन्।
बर्षाले इलाममा २२ वटा बिद्युत पोल र २ वटा ट्रान्सफर्मरमा क्षती