Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगर ५ को उपभोक्ता समिति भन्छ : इञ्जिनियरलाई घुस दिएको छैन

माई नगर ५ को उपभोक्ता समिति भन्छ : इञ्जिनियरलाई घुस दिएको छैन

  • तेजबहादुर घिमिरे
  • बिहिबार, जेष्ठ २३ २०७६


माई नगर ५ को उपभोक्ता समिति भन्छ : इञ्जिनियरलाई घुस दिएको छैन

सितलि । इलामको माई नगरपालिका ५ स्थित हाङ्खिम खरबनि सडक खण्ड निर्माण उपभोक्ता समितिले प्राविधिलाई आफुहरुले पैशा नदिएको बताएको छ । प्राविधिकले पैशा नपाएर योजनाको बिल भरपाई पास नगरेको भन्ने समाचार प्रकाशित भएपछि हाङ्खिम खरबनि निर्माण उपभोक्ता समितिले कसैलाई पैशा नदिएको स्पष्ट पारेको हो ।
सडक उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादूर मगरका अनुसार सडकको बारेमा समाचार संकलन गर्न भन्दै २ व्यक्तिले एक जना पत्रकार लिएर आएका थिए । केहि दिन अघि सामाचार संकलन गर्ने भन्दै पत्रकार घरमा लिएर आएको र प्राविधिकले घुस खाएको बताउन दबाब दिएपनि आफुले पैशा नदिएको बताउँदा पनि आफ्नो नाम जोडेर समाचार प्रकाशित गरकाले कुनै सत्यता नभएको मगरको भनाइ छ ।
उपभोक्ता समितिका अध्यक्ष मगरले भने–‘उपभोक्ता समितिले स्टामेट अनुसार सडक कटिङ्ग, ग्राभेल र जाली लगाउने काम गरिहेको छ ।’ मगरले थपे–‘माई नगरपालिकाबाट खटिएको अनुगमन समतिले निर्माणको काममा केहि त्रुटि देखाएकाले समितिले निर्माणको पुर्णाता दिने काम गरिरहेका छौँ । उपभोक्ता समितिका अनुसार सडक खण्डको एक सय ५० मिटर ग्राभेल गर्नुपर्ने काम सकिएको र १९ वटा जाली लगाउनुपर्नेमा १८ वटा लगाइसकिएको छ ।
बाँकी काम हामी सकेर हामी निकासाका लागि नगरपालिका जाने उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादूर मगरले बताए ।
संझौता अघि नै डोजर संचालन
हाङ्खिम खरबनि सडक २०७५ फागुन २२ गते संझौता भएको थियो । तर सडक संझौता नभइकन सडक निर्माणमा डोजर संचालनमा आएको थियो । नगरपालिकामा संझौता नभइकन उपभोक्ता समितिले सहमति नजनाई डोजर संचालन भएपछि पटक पटक रोक्न आग्रह गर्यौ उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादूर मगरले भने–‘३ पटकसम्म आग्रह गर्दा पनि डोजर लगाउने काम नरोकिएपछि हामीले पनि त्यसै छोड्यैे ।’ स्टामेटमा ८८ घण्टा डोजर संचालन गर्ने भनिएपनि उपभोक्ता समितिको आग्रह नमानि एक सय १९ घण्टा डोजर संचालन गरिएको समितिका अध्यक्ष रानाले दोखेसो गर्दै भने–‘ प्रति घण्टाको दर पनि महङ्गो छ ।’ सडकको जेठ १२ गते माई नगरपालिका उप मेयर बिष्णुमाया आर्चायको नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीले सडक उपभोक्ता समितिलाई लागत स्टामेट अनुसार काम गरेर निकासाका लागि आउन सुझाव दिएर फर्किएको थियो ।
घुस लिएको समाचारमा सत्यता छैन : माई नगरपालिका
माई नगरपालिकाका प्रमुख र उपप्रमुखले वडा नम्बर ५ को आयोजनामा प्राविधिकले खुलेआम उपभोक्ता समितिबाट रकम माग्ने गरेकाको भन्ने समाचारमा सत्याता नभएको जनाएको छ । मंगलबार पत्रकार र सारोकारवालाहरुसँग छलफल गरि सडक योजनाको बिलपास गराउन घुस लिएको बिषयमा सत्यता नभएको जनाएको हो ।
मेयर दिपक कुमार थेबेले माई नगरपालिका भित्र कुनै अनियमितता नभएकाले कसैले प्रमाण भए देखाउन चुनौती दिए । अनियमितता गरेको भए प्रमाण सहित आएमा दोषीलाई कार्बाही गरिने मेयर थेबेले बताए । माई नगरपालिकाका उपमेयर बिष्णुमाया आचार्यले आफुलाई जोडिएर आएका समाचारमा कुनै सत्यता नभएको र समाचार पुर्बाग्रही भएर मानहानी गर्ने कार्य गरेको बताइन् । प्राविधिकलाई मिलाएर काम गर भन्ने बिषयको कही कतै सत्यता भए प्रमाण देखाउन चुनौती आर्चायले दिइन् ।
सब इन्जीनियर गोबिन्द ढकालले आफुले सापटी दिएको रकम फिर्ता लिदा नियोजित तरिकाले भिडियो खिचेर फसाएको बताए । गत मंसीर पुषमा सापटी दिएको रकम फिर्ता लिदा प्राबिधिकले योजनाको रकम मागे भन्नु ब्याक्तिगत रिसईबीका कारण भएको बताए । अर्का सव ईन्जीनियर विकास राईले आफ्नो नाम समेत रकम लिनेमा जोडिनुले आफै चकित, अचम्मित भएको र सत्यता नभएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत भन्छन्, गाडि दुरुपयोग भएको छैन
माई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले नगरपालिकाको गाडीमा श्रीमतीलाई लिएर हिड्ने गरेको भन्ने समाचार प्रति आफ्नो ध्यान आकृष्ट भएको बताए । म संगै बसेर मेरी श्रीमती गाडीमा चढेर हिड्नु कुनै अनौठो नभएको घिमिरेले बताए । बिरामी श्रीमतीलाई मेरो कामका शिलशिलामा जादा संगै लानु अपराध हुन्छ भने अहिलै गाडीको चाबी नगरलाई बुझाई दिन्छु, अधिकृत धिमिरेले बताए । मैले कार्यालयको पनि काम गर्ने र श्रीमतिको उपचार पनि गर्ने गरि एक पटक झापाको बि एण्ड सि र अर्को पटक बिराटनगर गएको हो ।
स्थानिय एल बी तामाङ्ग र बालकृष्ण मगरले प्रबिधिकले उपभोक्ता समितिलाई प्रलोभनमा पारेर रकम माग्ने गरेको आरोप लगाउँदै एउटा भिडियो संचारमाध्यमलाई दिएका थिए । वडा नम्बर ५ को वडा सचिव समेत रहेका सव इञ्जिनियर गोविन्द ढकालले पैशा लिएको देखाइएको भिडियो अत्याधिक जाडो भएको महिनामा खिचिएको उनले लगाएको लुगाले देखाएपनि कुनै मितिमा र कुन कारोबारका लागि रकम लिएको हो त्यो प्रष्ट छैन । वडा सचिव समेतको काम गर्दै आएका सव इञ्जिनियर गोविन्द ढकालले आफुले सापटी दिएको रकम फिर्ता लिएको बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार