Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा नेकपाको सपथ ग्रहण

रोङ गाउँपालिकामा नेकपाको सपथ ग्रहण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १७ २०७६


रोङ गाउँपालिकामा नेकपाको सपथ ग्रहण

रोङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  रोङ गाँउपालिका कमिटीको हिजो सपथ ग्रहण गरिएको छ । नेकपाले जिल्लाका १० वटै स्थानिय तहमा पार्टीको पदिय भागवन्डा मिलाएसंगै विहिवार रोङमा ७५ सदस्यीय गाँउपालिका कमिटीको सपथ ग्रहण गरिएको हो । रोङको अध्यक्षमा बृहस्पती खतिवडा रहेका छन । त्यसैगरी सचिवमा धनकुमार नेम्वाङले सपथ ग्रहण गरेका छन ।
समारोहमा नेकपा इलामका अध्यक्ष राम रानाको प्रमुख आतिथ्यता रहेको थियो । रोङ–१ को अध्यक्षमा राजन चाम्लिङ, २ को अध्यक्षमा पुर्ण बराइली, ३ को अध्यक्षमा भक्त खवास, ४ को अध्यक्षमा अर्जुन गुरुङ, ५ को अध्यक्षमा विरबहादुर लाप्चा र ६ को अध्यक्षमा धनविर राई रहेका छन ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी रानाले पार्टी एकिकरण भइसकेको अवस्थामा आग्रह–पुवाग्रह नराखी सवै मिलेर पार्टी सृदृढिकरणमा लाग्न आहवान गरे । सपथ ग्रहण कार्यक्रम रोङ गाँउपालिका–४ भालुझोडामा राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार