माई । नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामका अध्यक्ष राम रानाले लामो समयको प्रयासपछि भएको कम्युनिष्टहरुको एकतालाई गुटवन्दी गरेर कमजोर नपार्न कार्यकताहरुलाई आग्रह गरेका छन । सवैले आफुले पाएको जिम्मेबारीलाई आत्मसात गर्दै अघि बढे कम्युनिष्टहरुले नै मुलुकमा समृद्धि ल्याउनेमा जोड दिए । नेकपा माइ नगरपालिकाको सपथ ग्रहण समारोहमा बोल्दै उनले पद भन्दा पनि काममा निष्ठाले नै पार्टी सुदृढ हुने जिकिर गरे । स्थानिय तहसंगको समन्वयलाई मजवुत बनाउदै पार्टीले विकासका मोडलहरु अगाडी सार्न कार्यकर्ताहरुलाई आग्रह गरे । धनकुमार लिम्बुको अध्यक्षतामा भएको सपथ ग्रहण समारोहका नेकपा इलामका अध्यक्ष तथा प्रदेश नं एकका साँसद राम रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा प्रदेश सभा सदस्य ध्रव श्रेष्ठ, भुपाल सापकोटा, हिमाल किराती, उर्मिला तामाङ, राम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यि हुन माइ नगरका अध्यक्ष र सचिव
नगर अध्यक्ष :धनकुमार लिम्बु
नगर सचिव : हेम लायो मगर
वडा नं १
अध्यक्ष : विष्णु राई
सचिव : हेम राई
वडा नं २
अध्यक्ष : उद्धबहादुर राई
सचिव : रत्न त्रिखत्री
वडा नं ३
अध्यक्ष : विरबहादुर पापो
सचिव : डिल्लीराम खतिवडा
वडा नं ४
अध्यक्ष : एकबहादुर सिंजाली
सचिव : काशिनाथ पौडेल
वडा नं ५
अध्यक्ष : दिपेन्द्र राई
सचिव : कृष्ण श्रेष्ठ
वडा नं ६
अध्यक्ष : जितबहादुर बुढाथोकी
सचिव : बिरबहादुर लिम्बु
वडा नं ७
अध्यक्ष : चन्द्र निरौला
सचिव : याम बहादुर राई
वडा नं ८
अध्यक्ष : मदन लोक्ताम
सचिव : अमृत मोक्तान
वडा नं ९
अध्यक्ष : नरेन्द्र खड्का
सचिव : डम्बर बहादुर बुढाथोकी
वडा नं १०
अध्यक्ष : विनोद नेम्वाङ
सचिव प्रेम बस्नेत