Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेपाल कम्युनिष्ट पार्टीका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन पक्राउ

नेपाल कम्युनिष्ट पार्टीका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २१ २०७५


नेपाल कम्युनिष्ट पार्टीका व्युरो सदस्य खतिवडा र जिल्ला सेक्रेटरी दिपेन पक्राउ

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिका मेची व्युरो सदस्य होम खतिवडा तथा इलाम जिल्ला सचिब दिपेनलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको सुब्बा चौकमा कोठामा बसिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको    हो । झापा प्रहरीका डिएसपि महेन्द्र श्रेष्ठका अनुसार दुई जनालाई गएरातीनै पक्राउ गरिएको र अदातलमा मुद्धा दायार गर्ने तयारी भइरहेको बताए ।

उनीहरुलाई हालसम्म सार्वजनिक गरिएको छैन । उनीहरुलाई गैरन्यायीक रुपमा गिरफ्तार गरि वेपत्ता बनाएको भन्दै खोजी गरिदिन मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् । उता इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले उक्त गिरफ्तारीको बिरोध गरेका छन् ।
उनले बिना कारण जिल्ला सेक्रेटरी दिपेनलाई गिरफ्तार गरेको भन्दै आपत्ती समेत जनाएका छन । गिरफ्तार दुबै नेताहरुलाई तत्काल रिहा गर्न समेत उनले माग समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार