Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आधि वडाबासी एक धाराका भरमा

आधि वडाबासी एक धाराका भरमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ७ २०७५


आधि वडाबासी एक धाराका भरमा

इलाम ।  दक्षिणि इलामको चुरे क्षेत्र चुलाचुली गाउँपालिका ५ का बासिन्दा घण्टौ धाएर खानेपानी उपभोग गर्न बाध्य भएका छन् । चुरे क्षेत्रमा बसोबास गर्ने १० किलोमिटर वरिपरिका २ सय ५० बढी घरपरिवार एउटै धारामा निर्भर भएका हुन् । गाउँटोलमा रहेका पानीकाकुवा र ढुङ्गेधारा सुकेपछि ४ टोलका बासिन्दाहरु आपझोलाको देवीधारा धाउने गरेका छन् ।
कुवा र ढुङ्गेधारामा पानि सुकेपछि दक्षिणि इलामको चुरे क्षेत्र चुलाचुली गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । ६ सय घरपरिवार बासोबास गर्ने चुलाचुली को वडा नम्बर ५ का बासिन्दाले एक गाग्रि पानी लिन घण्टौँ धाउनु परेको स्थानीय कमला तिरुवाले बताउनुभयो । ‘चैत्र, बैशाख र जेठसम्म पानीको हाहाकार हुनाले एउटा धारामा तीन सय परिवारको भिड हुन्छ, कमलाले भन्नुभयो—‘लुगा धुनेको र पानी भर्नेको भिडले आफ्नो पालो आउने डेढघण्टा कुर्नुपर्ने समस्या छ । पानीको धारा सानो हुने भएकाले घण्टौसम्म डोकोमा बोकेर धाउनुपर्ने स्थानीय महिलाको भनाइ छ ।
खानेपानी उपभोगका लागि धेरैजसो बासिन्दाले डोकोमा ग्राग्रि बोक्ने गरेका छन् । पानीका लागि घण्टौ धाउनुपर्दा कतिपयले साइकल प्रयोग गर्दै आएका हुन् । देवीधारबाट आपझोला, बुकुवा, पोखरीडाँडा र धिमलटारका बासिन्दालाई घरमा पानि पु¥याउन तीन घण्टासम्म लाग्ने गरेको चुलाचुली ५ कै राजन विश्वकर्माले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ मा जम्मा ५ वटा मुहानमा रहेकोमा आपझोलाको धारामा अधिकासं पानी भर्न र कपडा धुन आउने गरेको विश्वकर्माको भनाइ छ ।
चुरेको वन तिब्र फडानीसँगैको भु—क्षले मुहान पुरिँदा चुरेबासी खानेपानीका लागि घण्टौ धाउँदै अएका हुन् । ६ सय घरपरिवार बासोबास गर्ने चुलाचुली वडा नम्बर ५ मा वटा मुहानका भरमा रहेको वडाध्यक्ष चन्द्र थापाले बताउनुभयो । ५ वटा मुहानमा पनि हिउँदमा सानो पानी आउने गरेकाले अहिलेका मुहानमध्ये देवीधारको पानी आधि वडाबासी उपभोग गर्दै आएको थापाको भनाइ छ ।
चुलाचुलीको खानेपानीका लागि खानेपानी डिभिजन इलामले डिप बोरिङ्गबाट पानी पुर्याउने योजना शुरु गरेपनि हाल निर्माणको काम रोकिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलाम मार्फत निर्माण शुरु भएको डिप बोरिङ्गको काम अहिले प्रदेश सरकारको मातहतको योजनामा रहेको छ । प्रदेश सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत निर्माण हुने भनिएपनि अहिले काम निर्माणको काम नभएको वडाध्यक्ष थापाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार