Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सचिवालयले सांसद खिनु लङ्वाको लिङ्ग नै परिर्वतन गरिदियो

प्रदेश सचिवालयले सांसद खिनु लङ्वाको लिङ्ग नै परिर्वतन गरिदियो

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ १३ २०७५


प्रदेश सचिवालयले सांसद खिनु लङ्वाको लिङ्ग नै परिर्वतन गरिदियो

इलाम । इलाम क्षेत्र नं एक को क बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु महिला हुन । तर, उनलाई प्रदेश सभाले पुरुष बनाएको छ । इटहरीका प्रदेश सांसद लीलम बस्नेत पुरुष हुन् । तर, उनलाई प्रदेश सभाले महिला बनाएको छ । यति मात्रै होइन धनकुटाकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ महिला हुन् । उनलाई पनि प्रदेश १ को संसद सचिवालयले पुरुष बनाएको छ । आफ्नो आधिकारिक अनलाइनमा प्रदेश १ का सांसदहरूको सूचीमा यसरी पुरुषलाई महिला र महिलालाई पुरुष भनेर लेखिएको छ ।
महिलालाई ‘पुरुष’ बनाइएका ७ सांसदहरू
१. आशारत्न जबेगू, पाँचथर
२. कुसुमकुमारी श्रेष्ठ, धनकुटा
३. कृष्णकुमारी राई, मोरङ
४. गुलेफुन खातुन, मोरङ
५. जसमाया गजमेर (विश्वकर्मा), झापा
६. सौभाग्यवती देवी राई किरात, भोजपुर
७. खिनु लङ्वा लिम्बू, इलाम

पुरुषलाई ‘महिला’ बनाइएका सांसद
१. लीलम बस्नेत, सुनसरी

नेकपाका सांसदहरूको मात्रै ‘लिङ्ग’ परिवर्तन
यसरी पुरुषलाई महिला र महिलालाई पुरुष बनाइएका सांसद सत्तारुढ नेकपाका मात्रै छन् । प्रदेश १ मा ९३ सांसदहरू रहेका छन् । ६७ सांसद भएको नेकपाका ८ सांसदहरूको लिङ्ग परिवर्तन गरिएको छ ।
२१ सांसद भएको नेपाली काङ्ग्रेस, ३ सांसद भएको सङ्घीय समाजवादी फोरम र १\१ सांसद भएका सङ्घीय लिम्बुवान मञ्च र राप्रपाका सांसदहरूको भने लिङ्ग परिवर्तन गरिएको छैन ।
सांसदहरूको लिङ्ग परिवर्तन गरिएको बारेमा संसद सचिवालयका सूचना अधिकारी अम्बिकाप्रसाद नेपाललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रदेशसभाकाे वेवसाइट

प्रतिक्रिया
सम्बन्धित समाचार