इलाम । माघ चिया खेतीको सुरुवात भएको इलामका चिया उद्योगीहरु संगठित भएका छन् । पूर्वी इलाम जिल्लामा संचालनमा आएका चिया उद्योगलाई एकिकृत गरि नेपाली चियाको विकास र अन्ताराष्ट्रिय बजार सुधार्ने उदेश्यले उद्योगिहरु संगठित भएका हुन् । सूर्योदय टि एशोसिएसनमा नामको संस्था दर्ता गरि उद्योगिहरुले आज पहिलो अधिवेशन सम्पन्न गरेका हुन् ।
६० वटा चिया उद्योगहरुले सदस्यता लिएको संस्थाको प्रथम अधिवेशन इलाम क्षेत्र नम्बर एकको ख का प्रदेश सासंद काजिमान कागतेले उद्घाटन गर्नुभएको थियो । चिया उद्योगिहरुको प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश सासंद काजिमान कागतेले नेपाली चियाको खेती भएको इलाममा उद्योगहरुको संख्या बढ्दै गएपनि कच्चापदार्थको विस्तार ,गुणस्तर सुधार र अन्तराष्ट्रिय बजार खोजिका लागि प्रदेश सरकारले पहल गरिररहेको बताउनुभयो ।
प्रदेश नम्बर एकका १० वटा जिल्लामा चिया र कफि खेतीको विस्तार गर्न प्रदेश सरकारले छुट्टै चिया तथा विकास बोर्ड गठन गर्ने तयारी शुरु गरेको प्रदेश सासंद काजिमान कागतेले बताउनुभयो ।
उद्योगीहरुको पहिलो अधिवेशनले अध्यक्षमा पुनम राई, उपाअध्यक्ष डिल्ली राम श्रेष्ठ, सचिब गोपाल कटेल, सहसचिवमा बुद्ध तामाङ,कोसाध्यक्ष महेश कान्त अर्याल रहनुभएको छ । यसैगरि सदस्यमा अबिनन्दन गिरि, दिनेस अग्रवाल, खेम प्रधान, उत्तम कुमार श्रेष्ठ, ज्ञानि लिम्बु र टिका राम आधिकारी चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटनमा सूर्योदय नगरपालिकाका अर्थसमिति संयोजक देवेन्द्र सर्मा, चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजनाका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रको विकासका लागि उद्योगिहरुले अध्ययन गरि योजना पेश गर्नुपर्ने बताउनुभएको थियो ।