Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा केसीका विरुद्ध इलाम चोक बजारमै थापाकाे अनशन जारि

डा केसीका विरुद्ध इलाम चोक बजारमै थापाकाे अनशन जारि

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २९ २०७५


डा केसीका विरुद्ध इलाम चोक बजारमै थापाकाे अनशन जारि

इलाम । संसदको शिक्षा तथा स्वास्थ्य समितिले संझौता विपरित पारित गरेको भन्दै एक युवाले इलामको चोक बजारमा रहेको लाकुरी चौतारामा शुक्रबारदेखि अनशन शुरु गरेका छन् । डा गोविन्द केसीले १६ अनशन शुरु गरेको तेस्रो दिन केसीको ठीक उल्टो माग राखेर युवाले अनसन शुरु गरेका हुन् ।
समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गरी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आफूलाई सामाजिक अभियन्ता बताउने विजय थापाले शुक्रबारदेखि आफ्नो दोस्रो अनशन शुरु गरेका हुन् ।


भर्खरै शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक नेपालीहरूका लागि उत्तम भएको भन्दै निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको थापाको भनाइ छ । समितिले एक प्रेश विज्ञप्ती जारी गरी विभिन्न नौं बुँदे माग पनि सार्वजनिक गरेको छ । अनशन बस्न अघि समितिले राष्ट्रिय झण्डासहित विभिन्न नारा जुलुस सहित इलाम बजार परिक्रमा गरेको थियो । यसअघि पनि डा केसी अनसन बसेका बेला थापा पनि अनसन बसेको र यो आफ्नो दोस्रो अनशन भएको थापाकाे दाबी छ । थापा  अनसन  बसेकाे ३ दिन भएकाे छ ।शिक्षा,स्वास्थ्य निशुल्क र राेजगार काे ग्यारेन्टी लगायत काे माग सहित अनसनरत विजय थापाकाे अनसनमा  सत्ताधारि नेकपाका विद्यार्थीहरुले समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार