इलाम । प्रत्येक मानिससँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दो रहेछ।यस्तै क्षमताका धनी रमेश प्रसाई केही समयदेखी सामाजिक संजाल र युटयुवमा भाइरल भइरहेका छन । अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन । पुर्वमा हुने धेरै जसो कार्यक्रममा उनले आफनो कला प्रस्तुत गरिसकेका छन । दृष्टिविहिन मात्र होइन उनको आँखाको संरचना समेत छैन तर उनको तार्किक क्षमताले देशका ठुला नेताहरु समेत चित खाएका छन । यस्तै सन्र्दभमा इलामको माङसेवुङ गाँउपालिका–५ मा लिम्बु भाषालाई कामकाजी भाषा घोषणाको औपचारिक कार्यक्रम उनले ‘विकासेलाई विन्ती’ कविता सुनाए । सुनौ उनको कविता जस्ताको तस्तै भिडियामा