नेपाल भारत सिमाकाे क्षेत्र सूर्योदय नगरपालिका–४ गुफापातलमा पर्यटकलाई स्वागतको लागि भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । गायक कुवेर राई सहित नेपाल र भारतका कलाकारहरुको जमघट थियो त्यहाँ । भ्रमण बर्ष र अंग्रेजी नयाँ बर्षको स्वागतका लागी तयार गरिएको कार्यक्रममा जब राकेश गोलेले सेक्साफोन बजाउन थाले उपस्थित आन्तरिक एवम बाह्रय पर्यटकहरुको मन फुरुङ्ग भयो । उनले करिव १० मिनेटको आफनो प्रस्तुतीमा स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको “यति चोखो यति मिठो दिउँला तिम्लाई माया” र “तिमीलाई म के भनु फुल भनु की जुन भनौ” बोलको गितलाई सेक्साफोनबाट धुन निकाल्दा उपस्थिती सबै मन जित्न सफल भए ।