Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र सन्दकपुरबाट सुरु हुने‘प्रेम दिवश’

पर्यटकीय क्षेत्र सन्दकपुरबाट सुरु हुने‘प्रेम दिवश’

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १० २०७५


पर्यटकीय क्षेत्र सन्दकपुरबाट सुरु हुने‘प्रेम दिवश’

इलाम । योगेश घिमिरेको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘प्रेम दिवश’को छायांकन कात्तिक ११ गतेबाट इलामको पर्यटकीयस्थल सन्दकपुरबाट शुरु गरिने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि सिनेमा भनेर बनाउन लागिएको चलचित्र प्रेम दिवशको छायांकनका लागि कलाकारहरुको टोली इलामको पर्यटकीयस्थल सन्दकपुरतर्फ लागेको चलचित्रका निर्देशक योगेश घिमिरेले जानकारी दिएका छन्।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । सांगीतिक लभ स्टोरी कथामा यो चलचित्र निर्माण हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार