Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सामुहिक कृषि र पशुपालनमा लगानी बढाउँदै दक्षिणि क्षेत्रको माई नगरपालिका

सामुहिक कृषि र पशुपालनमा लगानी बढाउँदै दक्षिणि क्षेत्रको माई नगरपालिका

  • सुजन तिमल्सिना
  • बिहिबार, भाद्र १४ २०७५


सामुहिक कृषि र पशुपालनमा लगानी बढाउँदै दक्षिणि क्षेत्रको माई नगरपालिका

माई नगरपालिका । व्यवसायीक र सामुहिक कृषि तथा पशुपालनका लागि इलामको दक्षिणि माई नगरपालिकाले प्रोत्साहान रकम प्रदान शुरु गरेको छ । ८० प्रतिशत जनसंख्या कृषि र पशुपालनमा रहेका माई नगरपालिमा स्थानीय सरकारले आफ्नो ६० प्रतिशत लगानी समेत गरेको हो ।
तराईका बजारमा मासु र दूधको माग बढ्दै गएपछि दक्षिणि इलामका सहरकारी संस्थाले सामुहीक रुपमा पशुपालन शुरु गरेका छन् । मासु र दूधको माग बढेसँगै दक्षिणि माई नगरपालिका क्षेत्रका सहकारी संस्थाले माछा, राँगा, बंगुर र दूधालु गाईको सामुहिक पालन थालेका हुन् । ६५ प्रतिशत घना जंगल रहेको क्षेत्र माई नगरपालिकामा स्थानीय तहले प्रोत्साहान रकम दिन थालेपछि सहकारी संस्थाले कृषि र पशुपालनमा लगानीमा बढाएका हुन् ।


माई नगरपालिकामा पहिलो चरणमा दानाबारी कृषि सहकारी संस्थासँग सहकार्य गरि व्यवसायीक राँगापालन र माछापालन शुरु गरेको छ । माई नगरपालिकाको ६० प्रतिसत र सहकारी संस्थाको ४० प्रतिशत लगानीमा सामुहिक पशुपालन तथा माछापालन शुरु गरेको सहकारी संस्थाका अध्यक्ष तुलबहादूर तामाङ्गले बताए ।
आर्थिक वर्ष २०७४÷०७५ मा माई नगरपालिकाले २२ लाख र सहकारी संस्थाले १५ लाख गरि ३७ लाखको लगानीमा सामुहिक कृषि तथा पशुपालन शुरु गरिएको निर्माण समितिका अध्यक्ष तेज बहादूर घिमिरेले बताए ।


दानाबारी कृषि माई नगरपालिका वडा नम्बर ३ को मुसेटार थापाडाँडामा रहेको २० रोपनी क्षेत्रफलमा गोठ बनाई २६ वटा राँगा र ५० केजी माछाका भुरा लगाएर सामुहिक पशुपालन गरिएको सहकारी व्यवस्थापक डिल्लिराम खतिवडाले बताए ।
निर्वाहामुखि कृषि प्रणालिको अत्य गर्न स्थानीय तहले समूहिक व्यवसाय गर्न सहकारी तथा समुहलाई ६० प्रतिशत प्रोत्साहान रकम दिन थालेपछि सहकारी संस्थाले सामुहिक पशुपालन र कृषि खेतीमा लगानी शुरु गरेको माई नगर कार्यपालिकाका सदस्य राजेन्द्रकुमार धमालाले बताए । बजारको संभावना र मागमा आधारित पशुपालन र कृषि उपज उत्पादनमा दक्षिणि इलामको माई नगरपालिकाले लगानी प्रोस्साहान रकम चालु आर्थिक वर्षमा पनि प्रदान गर्ने योजना बनाएको छ ।
पूर्वी तराईका विर्तामोड, दमक, इटहरी, धरान र विराटनगरबाट बढ्दो दूध र मासूमा माग पुरा गर्न स्थानीय सरकार बनेसँगै माइ नगरपालिकाले पुशुपालन क्षेत्रमा बार्षिक २ करोड लगानी गर्दै आएको हो । व्यवसायीक कृषि प्रणालीको विकासका लागि किसानहरुको समुह छनौट गरि लगानी शुरु गरेको माईनगर कार्यपालिकाका सदस्य धमालाले बताए ।
८० प्रतिशत जनता कृषि र पशुपालनमा आवद्ध रहेको माई नगरपालिकाले आफ्नो क्षेत्रमा उत्पादन भएको कृषि उपज र पशुहरुको बजार व्यवस्थापनका लागि अक्सन मार्केट पनि स्थापना गर्ने माई नगरपालिकाका प्रमुख दिपक थेवेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार