Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

देश, जनता र पार्टीको सेवामा सक्रियतापूर्वक लाग्छु : पूर्व प्रधानमन्त्री खनाल

देश, जनता र पार्टीको सेवामा सक्रियतापूर्वक लाग्छु : पूर्व प्रधानमन्त्री खनाल

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २२ २०७५


देश, जनता र पार्टीको सेवामा सक्रियतापूर्वक लाग्छु :  पूर्व प्रधानमन्त्री खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।

१५ दिन अघि चीन जानुभएका वरिष्ठ नेता खनालले सिचुवान प्रान्तस्थित वेस्ट चाइना इन्टरनेसनल अस्पतालमा हाइपर प्याराथाइराइ र मिर्गौलामा भएको पत्थरीको शल्यक्रियापछि स्वदेश फर्किएका हुन ।

खनाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे । खनालको स्वागतका लागि नेकपाका करिब दुई सय कार्यकर्ता बिमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई वटा शल्यक्रिया एकै पटक गरेपछि आफू स्वस्थ भएको र अब देश, जनता र पार्टीको सेवामा अझ सक्रियतापूर्वक लाग्ने बताए ।

उपचारका क्रममा वरिष्ठ नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तथा सिचुवान प्रान्तका प्रमुखसँग पनि भेटघाट भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार