Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

छिन्नलता गित पुरस्कारको रचना तर्फ फिक्कलका ज्ञानेन्द्र गदाल पुरस्कृत

छिन्नलता गित पुरस्कारको रचना तर्फ फिक्कलका ज्ञानेन्द्र गदाल पुरस्कृत

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ८ २०७५


छिन्नलता गित पुरस्कारको रचना तर्फ फिक्कलका ज्ञानेन्द्र गदाल पुरस्कृत

फिक्कल । छिन्नलता गीत पुरस्कार गुठीले २०७४ को छिन्नलता गीत रचना तर्फ फिक्कलका ज्ञानेन्द्र गदाललाई प्रदान गरिएको छ । प्रवासमा रहेर पनि नेपाली संगितमा पु¥याएको योगदानको कदर गर्दै गदाललाई यस बर्षको गित रचना तर्फ गदाललाई नगद ५१ हजार र सम्मानपत्र प्रदान गरिएको हो ।

इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा जन्मिएका गदालले चर्चित गित दिन ढल्यो अधेरी रातमा, भृकुटी बुद्ध जन्मेको पवित्र देश नेपाल लगायत ५ सय बढी गित रचना गरेका छन । साथै उनको आधा दर्जन एल्बम बजारमा छन् ।  रेकर्ड भएका १५० भन्दा बढी गीतहरूमध्यबाट हाल पनि एक दर्जन भन्दा बढि गीतहरू सदाबाहार लोकप्रिय छन् । विसं २०३९ मा स्थापित  गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान र्पुयाएवाफत हरेक वर्ष छिन्नलता पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यसैगरी छिन्नलता गीत पुरस्कार–२०७४  नेपाली चलचित्रकी पहिलो महिला संगीतकार एवम् गायिका शान्ती ठटाल र गीतकार शिवशंकर थापालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि र्पुयाएको योगदानका लागि संगीतकार ठटाल र गीतकार थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरेको हो । यो सम्मानको राशी ५१ हजार रुपैयाँ छ । छिन्नलता गीत पुरस्कार यस वर्ष गायनमा संगीता राना प्रधान, संगीतमा बसन्त क्षेत्रीलाई प्रदान गरिएको छ ।

दुवै विद्याको राशी ५१ हजार रुपैयाँ नै रहेको छ । यस्तै छिन्नलता गीत पुरस्कार भने यो वर्ष निकै चर्चामा रहेको गीत, कुटुमा कुटुका लागि गायिका मेलिना राई तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको छ । यो पुस्कार ३५ हजार रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार