Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

डोजर चलाएर मात्र विकास हुँदैन  : मन्त्री आङ्बो

डोजर चलाएर मात्र विकास हुँदैन  : मन्त्री आङ्बो

  • सन्देश सम्बाददाता
  • सोमबार, असार ३२ २०७५


डोजर चलाएर मात्र विकास हुँदैन   : मन्त्री आङ्बो

पाँचथर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले विकास भनेको डोजर चलाउनु मात्र नभएको बताउनु भएको छ।पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाँउ सभालाई सम्बोधन गर्दै मन्त्री आङ्बोले बजेट कनिका छरे जस्तो गर्न नहुने धारणा व्यक्त गर्दै दिगो एवं हरेक पक्षहरुको विकासमा जोड दिनु पर्ने भन्नू भएको छ। वहाँले चौतर्फी बिकासमा हरेक पार्टीका नेता कार्यकर्तालाई सहकार्य गर्न अनुरोध पनि गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख जय बहादुर चेम्जोङले २२ वटा शिर्षकमा नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो।नीति तथा कार्यक्रममा गाउँपालिकालाई अर्गानिक उत्पादन क्षेत्रको रूपमा विकास गर्ने, विपन्न नागरिकहरुलाई निशुल्क उपचार उपलब्ध गराउने, लगायत विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता आचार्य, जिसस प्रमुख विष्णु प्रसाद सापकोटा, नेकपाका नेता राजकुमार भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार