Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरमा माओवादी केन्द्रको बिस्तारित बैठक

सूर्योदय नगरमा माओवादी केन्द्रको बिस्तारित बैठक

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र १५ २०७४


सूर्योदय नगरमा माओवादी केन्द्रको बिस्तारित बैठक

इलाम । एकिकृत नेकपा माओवादी केन्द्र सूर्योदय नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नगर कमिटी इञ्चार्ज प्रविन तिमसिनाको अध्यक्षतामा भएको बैठकले एक सय ६५ सदस्य नगर कमिटी गठन गरेको छ । पार्टीको केन्द्रिय आयोजक समितिका सदस्य तथा वर्तमान इञ्चार्ज प्रविन तिमसिनालाई पुनः इञ्चार्जको जिम्मा दिएको छ ।

बैठकले नगर संयोजकमा विवेक राई, सह संयोजकमा कुरुण तिमसिना, देविप्रसाद उप्रेती र घनश्याम पौडेल तोकेको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश सासंद धिरेन्द्र सर्माको प्रमुख आतिथ्यतामा भएको बैठकले नगर इञ्चार्ज प्रविन तिमसिनाको संयोजकत्वमा १५ सदस्य भौतिक पूर्वाधार तथा विकास निर्माण समिति गठन गरेको हो । बैठकले तीन दिन भित्र सूर्योदय नगरपालिका क्षेत्रमा रहेका १४ वटै वडाको पूर्ण बैठक राख्ने निर्णय पनि गरेको छ ।

बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य धिरेन्द्र सर्माले पार्टी एकता र समसामयीक राजनीतिक घटनाका बारेमा निर्देशन दिनुभएको थियो भने माओवादी केन्द्र इलामकी सह इञ्चार्ज टिका घिमिरे र जिल्ला पार्टीका सह संयोजक राज राईले इलाममा माओवादी केन्द्रको संगठन निर्माण तथा गतिविधिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार