इलाम । इलामको फाकफोक थुम गाँउपालिका स्थित फुएतप्पामा सीप मुलक तामिल शुरु भएको छ । श्रम तथा रोजगार कार्यालय झापा भद्रपुरको आयोजना र फाकफोकथुम गाउँपालिकाको सहयोगमा तीन महिने हाउस वाइरिङ्ग तालिमको आयोजना गरिएको हो ।
फाकफोकथुम गाउँपालिका वडा नं. ४ मा आयोजना भएको तालिममा इलेक्ट्रिककल तथा मोवाईल मर्मतको सीप पनि प्रदान गरिदैँ आएको छ । फागुन २२ गतेबाट आयोजना गरिएको तालिममा बिरोजगारी युवाहरूको पहिचान गरि सहभागि गरिएको वडाध्यक्ष हरी दङ्गाली ले बताए । तालिममा वडा नम्बर ४ का बिस जना युवा युवतीको सहभागिता रहेको प्रशिक्षक केदार भण्डारीले बताए ।