Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुतीनगरमा अध्यागमन राख्न पहल गर्छु : भारतिय राजदुत पुरी

पशुतीनगरमा अध्यागमन राख्न पहल गर्छु : भारतिय राजदुत पुरी

  • सन्देश सम्बाददाता
  • शनिबार, पौस २९ २०७४


पशुतीनगरमा अध्यागमन राख्न पहल गर्छु : भारतिय राजदुत पुरी

इलाम । पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि पहल गर्ने भारतीय राजदूत मञ्जीवसिंह पुरीले बताउनुभएको छ ।
पुर्वी क्षेत्रका सिमा नाकाको स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे पहल गर्ने बताउनुभयो । पशुपतीनगरमा नगर प्रमुख लगायत जनप्रतिनिधीहरुसंग कुरा गर्दै पुरीले नेपाल भारत व्यपारका लागी आफनो पहल हुने बताउनुभयो ।

वहाँले भन्नुभयो ‘हामी सिमा क्षेत्रको भौतिक संरचनाको बिषयमा हेर्दैछौ कसरी दुवै क्षेत्रका नागरिक र व्यपारका लागी सहज हुन्छ’।
झापाको काकडभिट्टा नाकाको निरिक्षणपछि इलाम आएका उनले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरेका थिए । स्थानीय जनप्रतिनिधि र व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालय खोल्न माग गरेका थिए । पुरीले पशुपतीनगर नाका हुँदै आउने पर्यटकहरुको संख्याको बारेमा चासो राखेका थिए ।


स्थानीयले राजदूत पुरीसमक्ष सीमा सडक विस्तार र स्तरोन्नतिको पनि माग गरेका थिए । जवाफमा पुरीले सीमा सडकको ठूलो परियोजना अहिले सम्भव नहुने भन्दै भन्सार कार्यालय खोल्न पनि कमै चासो दिएको बताउनुभयाे ।
पर्यटकीय सम्भावना बोकेको जिल्लाकै भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा यता आउन चाहने पर्यटक मुखैमा आएर फर्किन बाध्य छन् । पशुपतिनगरभन्दा ३६ किलोमिटरमा रहेको दाजिलिङ बर्षेनी हजारौं पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरछेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार