फिक्कल । घरेलु तथा साना उद्योग विकास शाखा इलाम र सुर्योदय नगरपालिकाको संयुक्त आयोजनामा फिक्कलमा १० दिने उद्यमशिलता तालिम सुरु भएको छ । सिप तथा व्यवसाय गर्न चाहने वेरोजगार युवाहरु तथा व्यवसाय गरेर अपेक्षिकृत उपलव्धी हासिल गर्न नसकेकाहरुलाई लक्षित गरी सुरु गरिएको तालिममा सुर्योदय नगरपालिकाका ३० जनाको सहभागीता रहेको छ ।
तालिमलाई घरेलु तथा साना उद्योग विकास शाखाका प्रमुख नविन पौडेल र नायव सुव्वा खडग बस्नेतले सहजिकरण गरिरहेका छन । उद्यमशिलता तालिमपछि सहभागीहरुलाई युवा लक्षित सिप विकास तालिम, कर्जा समन्वय, उपयुक्त प्रविधी हस्तान्तरण, बजार सम्वन्ध विस्तार लगायतका अन्य तालिमहरु समेत दिइने सहजकर्ता पौडेलले बताए । यस तालिमबाट सैद्धान्तिक ज्ञान हासिल हुने भएकाले आगामी दिनमा व्यवसाय गर्न चाहनेहरुलाई सहज हुने उनले बताए ।