दुर्गा बराल पूर्वी इलामको फिक्कल निवासी एक सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । शिक्षा, स्वास्थ्य, खानेपानी र समाजमा आइपर्ने हरेक समस्याको समाधान गर्न हरतहरले सक्रिय बराल नेपाली काग्रेस इलामको साविक क्षेत्र नम्बर तीनका सभापति भएर काम गरेका छन् । चिया किसान हुँदै उद्यमी समेत भएका बराल पछिल्लो समय पर्यटन क्षेत्रको विकासका लागि लगानी गर्ने शुरुमा छन् । स्थनीय तहको निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको मेयरको उमेद्धवार हुनेमा चर्चा बटुलेका बराललाई अहिले नेपाली काग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्बर एकको प्रदेसभा क्षेत्र नम्बर २ मा टिकट दिएको छ । निर्वाचन आयोगमा उमेद्धवारी दिएसँगै आफ्नो पक्षमा भोट माग्न व्यस्त रहेका बरालसँग चुनावी अभियानकै क्रममा चुनावी गतिविधि र समसामायकि राजनीतिका बारेमा पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको सक्षिप्त कुराकानी
प्रदेशसभामा तपाइको उम्मेदवारी किन ?
मेरो भन्दा पनि कांग्रेसको उम्मेदवारी हो । कांग्रेस पार्टीको तर्फबाट मैले उम्मेदवारी दिएको हु । मलाई कांग्रेसले उठाउनुको उद्धेश्य लोकप्रिय, काम गर्न सक्ने र जनताको सरोकारको काम गर्न सक्छ भनेर नै हो । मुलुकको समग्र समस्याको बिषयमा मलाई चिन्ता र ति तमाम समस्या हल गर्न सक्ने ल्याक्त राख्छु पनि ।
नेपाली कांग्रेसले उम्मेदवारको रुपमा अगाडी सारेको छ । अब तपाइको एजेन्डा के के छ ?
मलाई के लाग्छ भने स्थानिय तहको निर्वाचन भइसकेको अवस्था हो । के हो त भन्दा प्रदेशलाई कसरी सक्षम बनाउने हो । प्रदेशको ऐन, नियम, कानुन बनाउनुपर्नेछ । नामकारण गर्नुपर्नेछ । त्यस्तै हामीसंग भएको स्रोतसाधन परिचालन गरेर प्रदेश सक्षम बनाउन सकिन्छ भन्नेमा मेरो महत्वपुर्ण भुमिका रहन्छ ।
प्रदेशभित्रका राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमिक्ता दिएर काम गर्ने कोसिस गर्नेछु । विकास निर्माणको सवालमा यस प्रदेशलाई कसरी आत्मनिर्भर बनाउने, नमुना बनाउन सकिने भन्ने भुमिका मैले निर्वाह गर्नेछु । जनताको सरोकारको बिषयमा दैनिक सरलीकरण गर्दै सेवा गर्न सकिने नियम निर्माण गरिनुपर्छ । संविधान कार्यान्वयनको पक्षमा लागेका छौ । जनताको संविधान स्थायित्व दिने कुरोमा मेरो भुमिका रहनेछ ।
तपाईले निर्वाचन लडने इलामको क्षेत्र नं १ को २ भौगोलिक रुपमा सहज भएपनि कच्ची सडकका कारण जनताले सास्ती भोग्नुपरेको छ ?
सडकको कुरो उठदा सदरमुकाम जाने बैकल्पिक राजमार्गको रुपमा व्यवस्थापन गर्न सकेको छैनौ । मेची राजमार्ग कुनै समय बन्द भयो भने अर्को बाटो छैन । मेरो धारणा के रहन्छ भने हामीसंग एउटा कच्ची बाटो छ । त्यो बाटोलाई यस क्षेत्रका प्रधानमन्त्री, सांसदको आखा परेको जस्तो लाग्दैन । चाडोभन्दा चाडो दानाबारी–राजदुवालीको बाटोलाई इलामसंग जोडनुपर्छ । अहिले कच्ची रुपमा सो बाटो जोडिएपनि बर्खाको समयमा सास्ती छ । त्यसलाई पिच गरेर ठाँउठाँउमा पुल बनाएर संचालन गर्ने योजना छ ।
त्यसै गरी कृषि सडक, पर्याप्त तरकारी, चिया हुने ठाँउमा बर्खाको समयमा लग्न समस्या छ । बर्खामा पनि चल्न सक्नेगरी कसरी स्तरोन्नती गर्न सकिन्छ भन्नेमा जोड छ । यसरी अन्य जिल्ला, गाँउपालिका जोडने बाटो कसरी स्तरोन्नती गर्दै ५ बर्षमा नेपाली कांग्रेसको तर्फबाट घोषणापत्र बमोजिम गर्न सक्ने काम ५ बर्षमा गुरुयोजना बनाएर म निर्माण कार्य गर्नमा प्रमुख भुमिका निर्वाह गर्नेछु ।
जनताको मत लिएर गएका नेताहरुले जन अपेक्षा अनुरुप काम नगरेको गुनासो छ । तपाइलाई विश्वास गर्न सकिने आधार के छ ?
म नेपाली कांग्रेसको मान्छे । नेपाली कांग्रेसले भन्छ, काम गर्छ ढाटदैन त के हो भने यो क्षेत्रमा बहुदलिय व्यवस्था आएपछि २०५६ बाहेक निरन्तर एमालेले जित्यो । २०५६ मा एक पटक नेपाली कांग्रेसले प्रतिनिधीसभामा नेतृत्व गर्यो । त्यसभन्दा सम्पुर्ण समय नेकपा एमालेका झलनाथ खनालले व्यतित गर्नुभएको छ । उहाँ यसै क्षेत्रबाट जितेर प्रधानमन्त्री समेत हुनुभयो । काम गर्छु भनेर धेरै भन्नुभयो । भोट पनि लिनुभयो तर ढाटको खेती कतिन्जेल गनुहुन्छ । त्यसले गर्दा मैले आहवान गरेके के त भन्दा यि ढाटका खेती गर्ने नेताहरुलाई छाडनुस नयाँ अनुहार, लोकप्रिय, कर्णप्रिय, जनतासंग नजिकिने, त्यो बिषयमा तपाइले भने कुरा गर्छ, जो सेवकको रुपमा प्रस्तुती दिन्छ जो नेता होइन भन्छ त्यस्ता मान्छेलाई भोट दिनुपर्छ भने दुर्गा बराललाई दिनुपर्छ । दुर्गा बरालले जे बोल्छ त्यो गर्छ । ५ बर्षभित्रमा योजना बनाएर जुन काम आवश्यक छ पुरा गर्ने प्रतिवद्धता छ । मलार्इ भाेट दिने जनताले कहिलेपनि नेताले काम गरेन भन्दै चाेट सहनुपर्दैन ।
तपाइको क्षेत्रमा बाम गठबन्धन र अन्य दलका उम्मेदवार पनि छन् तपाइले जित्ने आधार के छन ?
बाम गठबन्धनको कुरो राख्नुभयो । बाम गठबन्धन भनेको के लाग्छ भने इतिहासमै के देखिन्छ भने एक दिन मिल्दै फुटने टुटफुटे छन । यस्ता इतिहास हामी समक्ष छ । बाम गठबन्धन भन्दैमा जित्छ भन्ने होइन । बाम गठबन्धनभित्र विचारका कुरा होलान, सन्तुष्टी असन्तुष्टी होलान । मैले जित्नुपर्ने आधार भनेको आज बाम गठबन्धन हुँदा नेपाली जनता झस्केका छन । आज क्युवा, उत्तर कोरिया बनाउन लागेका होइनन् भन्नेमा जनता शसंकित छन । जनताको हक अधिकार खोसिएर साम्यवाद भोग्नुपर्ने होइन भन्ने आधार बोकेको छ । हामी नेपालको इतिहासलाई हेर्ने हो भने पनि वाक स्वतन्त्रता चाहान्छौ ।
मौलिक अधिकार चाहान्छौ, पेशा व्यवसाय गरेर खान चाहान्छौ, कुण्ठित भएर बस्न चाहादैनौ भन्ने भन्ने कुरो हो । नेपाली जनताले गठबन्धनको त्यस्तो कुरो पचाउदैनन् । अर्को आधार भनेको ३० बर्षमा एउटा व्यक्तिले शासन गरेर कति विकास गर्यो त्यो देखिन्छ । ति व्यक्ति, पार्टीबाट विकास हुँदैन भन्ने यर्थाथ छ । त्यस कारण म जित्छु । आजसम्म पार्टीको सामान्य कार्यकर्ता भएर समाजसेवी भएर धेरै काम गरेको छु । जनताको बिषयमा दिन रात खटेर काम गरको छु । यदि जनतालाई सहयोग गरको छ भने जनताले मत दिएर जिताउनुहुन्छ । नेपाली जनता लाटो छैनन् । मतदाताको राजनितिक स्तरमाथी उठिसकेकाले म भोट जित्छु ।
नेताहरु जनताको मत लिएर जाने फेरी फर्किएर जनतामाझ नजाने आरोप छ । तपाई अरु भन्दा पृथक कसरी ?
मान्छे स्वभावले नै पृथक हुन्छ । सोच सबैको एउटै हुँदैन । कसैले विकास गर्न चाहान्छ, कसैले ढाटन चाहान्छ । तर दुर्गा बराल त्यो खालको मान्छे होइन । दुर्गा बराल विधायक भएपछि आवश्यक समय (प्रदेशसभामा दिने समय) बाहेक अन्य समय गाउघरमै बिताउनेछ । गाउघरमा बसेर गाउको विकास कसरी गर्न सकिन्छ, नमुना प्रदेश कसरी बनाउन सकिन्छ भन्ने बिषयमा के वचन दिन्छ भने ढाटेर जान्न । निर्वाचन फेरी आउछ । अर्को जाडोमा धुसा फेरी काम लाग्छ त्यसैले म जनतामाझ नै बस्छु ।
बिजयी हुनुभयो भने कस्ता कस्ता क्षेत्रलाई प्राथमिकता दिनुहुन्छ ?
विकासको कुरा गर्दा हामीसंग प्रचुर मात्रामा सडक भएपनि स्तरिय छैनन् । सवैभन्दा पहिलो कुरा स्तरोन्नती गरेर सदैव मोटर चल्ने बनाउनुपर्छ । किन भने यदि आर्थिक उन्नती गर्न सकेनौ भने राष्ट्र बलियो हुन सक्दैन । त्यो कारण सडक आर्थिक उन्नतीको मेरुदण्ड हो । पहिलो प्राथमिक्ता कच्चा सडक कसरी पक्का गर्न सकिन्छ त्यो भुमिका रहनेछ ।
सडक बनेपछि संचालित हुनुपर्छ त्यो संचालन गर्न हाम्रो भुगोलले भ्याएका कुन कुन क्षेत्रमा कुन कुन स्तरका कृषि उत्पादन गर्नुपर्ने हुन्छ त्यस बिषयमा किसानहरुलाई प्रोत्साहन गरेर आधुनिक खेतीको प्रयत्न गर्नेछु ।
सव्जी खेती मौलिक खेती बनेको छ र त्यसलाई अघि बढाउछु । यहाँ चियाको प्रचुरता छ तर बजारीकरण छैन । त्यससंग संगै चिया टिपाइ, किसानलाई प्राविधिक सहयोग, अर्गानिक बनाउन कसरी प्रशिक्षित बनाउने भन्नेमा मेरो काम हुनेछ । हामीसंग नगदेवालीमा अलैची नष्ट भएको छ । अहिले अलि अलि विस्तारको क्रममा छ । अलैचीलाई यो क्षेत्रको स्थापित खेतीमा कसरी परिणत गर्न सकिन्छ । अलैचीमा लागेको रोग निवारण गरेर अगाडी बढन सकिन्छ मेरो प्राथमिक्ता रहनेछ । संगसंगै प्रचुर रुपमा हुने आलु हराउदै गएको छ । त्यसलाई पुनः स्थापित गर्नुपर्छ । मलाई के लाग्छ भने यहाँ खेतीजन्य भुमिलाई प्लटिङ गरिरहेका छौ जसमा हामी खेती गरेर आत्मनिर्भर थियौ ।
खानपिनमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने बिषयमा सोचका साथ अघि बढी आत्मनिर्भर प्रदेश बनाउनेछौ । त्यसैगरी बिजुली बती बस्तीबस्तीमा पुगको छैनन् । प्रत्येक घरमा बिजुली बल्नुपर्छ । स्वास्थ्य, खानेपानीमा प्रत्येक घरमा पुर्याउन सकिन्छ भनेर लाग्नुपर्छ । शिक्षाको क्षेत्रमा हामीले बुर्जुक शिक्षा अपनाएका छौ । अव कसरी आधुनिक एवम प्राविधिक शिक्षा अघि बढाएर युवा विदेश पलायन रोकेर परिस्कृत गर्दै लानुपर्छ । त्यसैगरी स्वास्थ्यमा बढीभन्दा बढी पैसा भारततर्फ गइरहेको छ ।
यस क्षेत्रमा ठुलो हस्पिटल बनाउन सक्यौ भने यहाँको पैसा यहि रहन सक्छ । अव पर्यटकिय क्षेत्रको कुरा गर्दा यस क्षेत्र पर्यटनको संभावना बोकेका छन । नयाँ गन्तव्यहरु खोजेर आन्तरिक एवम बाहय पर्यटक भित्र्याएर बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गर्नुपर्नेहुन्छ ।