माइ । नेकपा एमाले बरिष्ठ नेता एवम बाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले देश र राष्ट्रिय हितको लागी बाम गठबन्धन अपरिहार्य भएको बताए । उनले मुलुक समृद्धिको लागी बाम गठबन्धनको बिकल्प नभएको समेत बताए ।
माइ नगरपालिकामा आयोजित नगर स्तरिय संयुक्त बाम भेलामा बोल्दै खनालले राष्ट्रिय हितका मुख्य ५ वटा एजेन्डाको लागी बाम गठबन्धन गरिएको बताए । उनले भने ‘भारतले सिमा मिचेको अवस्थामा सिमा रक्षाको लागी, लोकतन्त्र जोगाउने एक मात्र शक्ति बामपन्थीहरु भएकाले, आर्थिक रुपान्तरणको लागी, नेपाली संस्कृती जोगाउनको लागी र अन्तराष्ट्रियले हेर्ने समानताको लागी बाम गठबन्धन’ ।
खनालले बाम गठबन्धनको उदेश्य सर्वोपरी समाजवादको अन्तिम लक्ष्यमा पुग्नका लागी भएकाले बामशक्तिहरुले अव नेपाललाई समृद्धिको शिखरमा पुर्याउनेमा विश्वस्त रहेको बताए ।त्यसै गरी इलाम क्षेत्र नं १ को २ का उम्मेदवार काजीमान कागतेले बाम गठबन्धन समयको माग भएकाले विकास र समृद्धिको लागी बाम गठबन्धन गरिएको बताए । उनले जनमतबाट आफुले जिते पनि नजिते पनि जनताको घरदैलौमा आफु जानेमा विश्वस्त रहन आग्रह गरे ।
निर्वाचन परिचालन समिती संयोजक चित्रकला बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, जिल्ला स्तरिय संयुक्त निर्वाचन परिचालन समिती सदस्य छविराज राई, माओवादी केन्द्र सचिवालय सदस्य प्रविन तिम्सिना, ध्रुव श्रेष्ठले मन्तव्य राखेका थिए । माओवादी नेता श्रीमान राई पवनले स्वागत गरेको कार्यक्रमको संचालन माओवादी केन्द्र माइ नगर संयोजक धनकुमार लिम्बुले गरेका थिए ।