Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

“पञ्चायती शासनको विरुद्ध अविश्वास प्रस्ताव ल्याउने पहिलो वडाध्यक्ष मै हुँ” बामपन्थि नेता सनतकुमार पराजुली

“पञ्चायती शासनको विरुद्ध अविश्वास प्रस्ताव ल्याउने पहिलो वडाध्यक्ष मै हुँ” बामपन्थि नेता सनतकुमार पराजुली

  • सुजन तिमल्सिना नमिन ढकाल
  • शनिबार, असोज ७ २०७४


“पञ्चायती शासनको विरुद्ध अविश्वास प्रस्ताव ल्याउने पहिलो वडाध्यक्ष मै हुँ” बामपन्थि नेता सनतकुमार पराजुली

इलामको सुर्योदय नगरपालिका–९ गौरी गाँउ निवासी सनतकुमार पराजुली नेपाली बामपन्थि आन्दोलनका पुराना नेता हुन् । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेको संगठन विस्तार गरि निरन्तर स्थानीय देखि केन्द्रिय सत्तामा अरुलाई बिजयी गराउन सक्रिय पराजुलीले कहिल्यै पनि पदको लोभ गरेरन् । दार्जिलिङको ट्रम्बुल स्कुलबाट कक्षा १० सम्म अध्ययन गरेर घर फर्किएपछि पढेलेखेको भन्दै गाउँबासीले वडाध्यक्ष बनाएपनि पराजुलीले त्यही पञ्चायत शासन विरुद्ध अविश्वासको प्रस्ताव लगेका थिए । प्रस्तुत छ उनै पराजुलीसँग पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको संक्षिप्त कुराकानी

औपचारीक शिक्षा अध्ययन गर्दा गर्दै कसरी राजनीतिमा सक्रिय हुनुभो ? 

१० कक्षासम्म करफोकमा पढेको हो । अध्ययन गर्दा गर्दै देशमा राजनितिक परिर्वतन भयो । राजा महेन्द्रले निर्दलिय पञ्चायत शासन लागु गरे । देशमा पञ्चायत सर्मथक मात्रै थिए ।  राजनितिक बिचार बोक्ने साहै्र कम थिए, भएकाहरु पनि निर्वासित जिवन विताइरहेका थिए । देशमा भएकाहरु पनि गुपचुप थिए । कतिपय पर्ख र हेरको अवस्थामा थिए । धेरै राजनितिक नेताहरु निर्वासित भएकाले पार्टीसँग सम्वन्ध थिए । पञ्चायतबाट केही गर्न सकिन्छ भनेर १० सम्म पढेको मलाई २०१८ सालको गाँउबाट पञ्चायत चुनावमा उठाएको थिए । त्यस समयमा हात उठाएर चुन्ने चलन थियो ।  एक जना प्रतिपक्षी उठेपनि सवैले मेरो पक्षमा हात उठाएपछि वडाध्यक्ष भए । पञ्चायतमा काम गर्दै जाँदा ३६ सालसम्म सवै खाले अध्ययन गर्न भ्याए । त्यस समयमा अत्यन्त निरंकुशता थियो । अन्य विचार बाहिर ल्याउन नपाउने राजा र राजतन्त्रको विचारमा सर्मथन गर्नै पर्ने थियो । यस्तो भइरहँदा पञ्चायत प्रति वितृष्ण बढदै गयो । यसको नेतृत्व गर्ने पंक्ती भनेको माथिल्लो शक्ति राजा वा राजतन्त्र दरवार भन्ने मनमा पर्यो । ३६ सालको जनमत संग्रहभन्दा अगाडी केही शक्ति पञ्चायत विरुद्धमा लाग्नुपर्छ भन्दै संगठन सुरुवात गरेर लाग्यौ । त्यस समयमा विशेष गरेर नेपाली काँग्रेसको शक्ति थियो । फिक्कलको आहालेमा एक जना तिलमान चाम्लिङ राई हुनुहुन्थ्यो । उहाँ धेरै जेल पनि बस्नुभएको रहेछ । मेरो असन्तुष्टी थाहा पाएपछि बैठकमा बोलाउनुभयो । त्यतीबेला काँग्रेस–कम्युनिष्ट भन्ने थिएन । पञ्चायत र राजतन्त्र विरोधी भन्ने थियो । राजाको एकतन्त्रिय शासनबाट वाक्क भएपछि वडाध्यक्षबाट राजिनामा दिए । २०३६ सालको जनमत संग्रह घोषणा हुने वितिक्कै बहुदलिय प्रचार समिती गठन भयो त्यसमा म पनि सदस्यको रुपमा सहभागी भए । त्यसपछि प्रचारपसार कार्यलाई तिव्रताका साथ अगाडी बढाइयो । त्यस समयसम्म मेरो कुनै राजनितिक पार्टीसँग सम्वन्ध भने थिएन ।

नेकपा एमालेसँग चै कसरी जोडिनुभयो ?

एमालेसँग सम्वन्ध भनेको पञ्चायत भित्र जव सुधारिएको पञ्चायत भनेर जनमत संग्रहले पुष्टि गरिदियो । व्यवस्थित तवरले संचालन गर्ने भनेर सुरु गरे । त्यतीबेला कम्युनिष्ट पनि पञ्चायतमा प्रवेश गरेर भित्र भित्र उपयोग गरि विद्रोह गर्नुपर्छ भन्ने हिसाबले जनपक्षिय उम्मेदवार दिन सुरु गरे । प्रचारपसारको निम्ति संगठन नभएकोले माथीबाट भाषणको क्यासेट ल्याएर घरघरभित्र मान्छेलाई सुनाएर एकतन्त्रिय शासनको अन्याय र अत्यचारको बारेमा सुनाएर प्रभावित पार्ने कार्यक्रमहरु गर्न थालियो । एक पटक फिक्कल गैरीगाँउको तारा गौतमको सामान्य झुप्रो घरमा यस्तो कार्यक्रम गरियो ।

केन्द्रिय स्तरको नेताहरु आएर प्रशिक्षण चै हुदैन्थ्यो ?

नाम चाही याद भएन एक जना थपलिया थर भएका आएका थिए । झापातिरका भुमिगत कार्यकर्ता रहेछन । बहुदलपछि फेरी उनीसँग भेट भएको छैन । उनले ल्याएको क्यासेटबाट इलामबाट प्रतिनिधित्व गर्ने भक्त केसी र नबल केमी राईको प्रचारमा लाग्यौ । त्यतीबेला कम्युनिष्ट भनेर होइन की पञ्चायत विरोधी भएर लाग्यौ । भक्त केसी पराजित हुनुभयो भने नबलकेमीले जितेर गएपछि संगठन बनाउने हिसाबमा ४२ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन थियो । त्यही निर्वाचनसँगै गरुवा ( दानाबारी) त्यहाँ भेला भएको रहेछ मलाई पनि बोलाइएको थियो ।

पार्टीको संगठन विस्तारमा कसरी लाग्नुभयो ?

शुरुमा दानाबारीको गरुवामा अखिल नेपाल किसान संघ भनेर बनाइयो त्यहाँ ३÷४ दिनको भेला थियो । अमृत बोहोरा केन्द्रिय स्तरबाट नेतृत्व गरेर आउनुभएको थियो । त्यहाँ जिल्ला कमिटी पनि बनाइयो । मलाई जिल्ला सदस्य बनाएर इलाका बाडियो । यस इलाका मेरो नेतृत्वमा इलाका स्तरिय संगठन बनाइयो ।इलाकाको बाँडफाँड कसरी गरिएको थियो ?त्यतीबेला माइ पुर्व, पुवा पुर्व, देउमाइ पुर्व, यस्तो किसिमले खोलालाई साँध बनाएर त्यसको पुर्वी भागलाई सिमाना बनाइएको थियो । किसान संगठनमा पहिलो र दोश्रो कार्यकाल पुरा गरेपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय भइयो । जिल्लाका विभिन्न ठाँउमा आन्दोलन गरियो । पशुपतीनगरबाट आउने बाटोमा ह्रयुमपाइप राखेर अवरोध गर्ने, पम्प्लेट टाँस्ने काम राती राती गरियो । जव ४६ सालको आन्दोलन सफल भइसकेपछि एमाले पार्टीको सदस्यता लिएको हो ।

२०४६ सालको आन्दोलनको सफल बनाउन के कस्ता प्रचार रणनिति गरियो ? 

जनताको चेतना स्तर निकै तल थियो । जवसम्म पञ्चायत अन्त्य भएन तव सम्म हामी खुलेर कम्युनिष्ट चिनाउन सक्दैन थियौ । अखिल नेपाल किसान संघ मार्फत किसानहरुलाई निरंकुश पञ्चायती व्यवस्था हो । यिनीहरुले यसरी शोषण गरेका छन भनेर जागरुक गराइयो । महिलाहरुलाई संगठिग गरी अखिल नेपाल महिला संघ बनाइयो ।कम्युनिष्ट पार्टीको भनेर संगठन विस्तार गर्न सकिदैन थियो ?संगठन विस्तार गर्ने स्थिती थिएन । त्यस समयमा पार्टीले जनताको चेतना स्तर विकास गर्नको लागी किसानलाई के कस्ता मर्का परेको छ त्यसलाई प्रत्यक्ष रुपमा बुझाउने लुकिछिपी गाँउ गाँउ जाने गरेका थियौ । जव २०४६ सालको आन्दोलन सफल भयो त्यसपछि खुलेर संगठन विस्तार गरियो अनि पार्टीले योगदानको आधारमा सदस्यता पनि दियो ।

२०४६ सालपछि पार्टीको नेतृत्व कसरी गर्नुभयो ?

पहिला पार्टीको सदस्यता लिएका सारै कम थिए । फिक्कलमा ७÷८ जना थिए ति बाहेक सर्मथकहरु भेला पारेर कमिटी बनाइयो । पढालेखालाई सचिव राख्नुपर्छ भन्नाले तत्कालिन देउकुमार दाहाललाई सचिव राखेर फिक्कलमा कमिटी बनाइयो । त्यसबेला हेमबहादुर फागोको घर सुरक्षित भएकाले त्यही छलफल चलाइएको थियो ।

पञ्चायतको वडाध्यक्ष भएपछि पञ्चायत विरुद्ध अविश्वासको प्रस्ताव लाने आँट  गर्नुभो ? 

१९ साल नै हुनुपर्छ । जिल्ला पञ्चायत गठन भयो खम्बसिँह बस्नेतको सभापतित्वमा । पञ्चायत ऐन हेर्दा प्रधानपञ्चको निरंकुशताले सिमा नाघेको थियो । गाउँको प्रधानपञ्च नरक्षर हुनुहुन्थ्यो । सधै औठाछाप लगाउँदा अप्ठयारो महसुस भएपछि औठीको छाप बनाउनुभयो । धेरैले हस्ताक्षर गर्न सक्ने भएकाले लाजैले पनि उहाँले बनाउनुभएछ । उहाँको व्यवहार निरंकुश भएकाले अव विरोध गर्नुपर्छ भन्दै वडा सदस्यहरुसँग घरघरमा गइ छलफल गर्दा सवैले सर्मथन गर्नुभयो । प्रधानपञ्चको कमीकमजोरी अवगत भइसकेपछि प्रस्ताव गरे । नेपालको इतिहासमा पञ्चायती व्यवस्था गठन भइसकेपछि संभवत नेपाल मै पहिलो होला मैले पञ्चायतमा बसेर पञ्चायती शासन विरुद्ध प्रतास्व लगेको ।

कसरी बिद्रोहको भावना जाग्यो ?

पञ्चायतमा सवैभन्दा पहिलो असन्तुष्टी राजा महेन्द्रको जन्मोत्सवमा देखियो । त्यहाँ राजाको फोटोमा पैसा राखेर सलाम दिनुपर्ने थियो । साराले पैसा चढाए तर त्यसको हिसाव किताव प्रधानपञ्चसँग छैन । गाँउघरमा हुने झैझगडा मिलाउन पुर्वाग्राही भएर प्रस्तुत हुने, अरुको सुनवाइ नहुने, वडाध्यक्ष र सदस्यहरुको प्रस्ताव सिधै अस्विकार गर्ने जस्ता निरंकुश प्रवृती देखाएपछि जनमत गुमाउदै गएको भान भएपछि प्रस्ताव लगिएको हो ।

अविश्वासको प्रस्ताव गाँउ पञ्चायतमा राख्नुभएको हो ?

उप–प्रधानपञ्चको अध्यक्षतामा ठुलो भेला बोलाइएको थियो । उप–प्रधानपञ्चलाई अध्यक्ष बनाइयो । विधानमा रहेछ प्रधानपञ्चलाई पनि सुचना दिने लिखित रुपमा भनेर त्यसै मुतावीक बिशेष आमसभा भनेर सुचना दिएका थियौ ।

प्रधानपञ्च विरुद्ध सबै एक हुनुहुन्थ्यो त ?

१÷२ जना बाहेक बहुमत प्रधानपञ्चको विपक्षमा उभियो । जव सुचना जिल्ला पञ्चायतमा गयो उस्ले फेरी रामप्रसाद दुलाललाई पठायो उहाँ जिल्ला पञ्चायत सदस्य हुनुहुन्थ्यो । उहाँले धेरै ठाँउको प्रधानपञ्चको बारेमा बुझनुभएछ । त्यसपछिको २ बर्ष कुनै मिटिङ पनि भएन कुनै कार्यक्रम पनि । पदावधी सकिएपछि चन्द्र बहादुर थुलुङलाई प्रधानपञ्च बनाइयो ।

मदन भण्डारीसँग भेट्ने अवसर जुट्यो की ? 

धेरैपछि मदन भण्डारीसँग पनि भयो । लामो समय इलाका कमिटी सचिव भएर काम गरे तत्कालिन देवराज घिमिरे, पदम भण्डारी, अगम वान्तवासँग घनिष्ट भइयो । हामी अगम कामरेडलाई सुन्दर भनेर बोलाउथ्यौ । भुमितग रुपमा श्रीवुङमा मिटिङ गर्दा मलाई फुड पोइजन भएपछि अगम वान्तवाले तत्काल दार्जिलिङ लग्नु भन्नु भएको थियो तर स्थानिय उपचारले ठिक   भएँ ।

तपाइसँग राजनिती गर्नेहरु राष्ट्रिय नेतृत्व पुगे तपाई चै गाउँमै रमाउनुको कारण के हो ?  खासै राष्ट्रिय राजनितिमा सक्रियहरुसँग संगत भएन । गाँउ स्तरको भएकाले संगठन विस्तारका क्रममा जिल्ला कमिटी सदस्य पनि भए । मेरो एरिया कोल्वुङ, इरौटार, जिर्मले लगायतका क्षेत्र थियो जहाँ संगठन थिएन । द्धन्द्धकालमा त्यस क्षेत्रका बासिन्दाले धेरै सास्ती भोग्नु पर्यो । तत्कालिन अवस्थामा माओवादीको विरोधको उपाय थिएन । सेनाले माओवादीलाई आश्रय दिएको नाममा जिर्मलेका मानबहादुर लाप्चा लगायतलाई यातना दियो । संगठन नै नभएको क्षेत्रमा विस्तार गरी सकुन्तला लाप्चालाई पार्टी प्रवेश गराएर समानुपातिक सासंद मैले सिफारिस गरे ।

७÷८ जनाबाट शुरु भएको पार्टी संगठनले निरन्तर नेतृत्वमा पुर्याउन लहर कसरी आयो ?पहिला इलाका स्तरमा संगठन बनायौ । पार्टीको महिला, किसान, विद्यार्थी लगायतको जनवर्गिय संगठन तयार भइसकेपछि वामपन्थीहरुको व्यापक जनशक्ति उत्पादनपछि पुर्वी भागमा व्यापक रुपमा संगठनको विस्तार कार्यलाई तिव्रता दिएका थियौ ।

कुशल संगठक बन्नुभयो तर राज्यको नेतृत्व तहमा पुग्नु भएन किन ?

संगठनको कार्य गर्दै अघि बढदा त्यस तर्फ खासै सोच भएन । कामको दौरानमा ठुलो इच्छा, आकाँक्षा र आफनो स्वार्थ लिएर काम गरिन संगठनको विस्तार कार्यलाई प्रमुख ध्यान माने । पार्टीले योगदानको मुल्याङकन नगरकोमा गुनासो छैन । नेतृत्व तहमा पुग्नेहरु म भन्दा योग्य छन् । सिँगो मुलुकको परिर्वतनको लागी म पनि प्रमुख हकदार हुन पाएकोमा गर्व छ ।

झलनाथ खनालले जितेर प्रधानमन्त्री भएपनि जनअपेक्षा अनुसारको विकास नभएको गुनासो छ नी ?

सहि कुरो हो । जन अपेक्षा अनुसार विकास नभएको हो तर विकास भनन नै भन्न पनि मिल्दैन । जनताको चेतना स्तर माथी नउठेकाले बजेटको सहि सदुपयोग हुन नसकेको हो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा पर्याप्त बजेट ल्याउनुभएको हो । त्यसलाई हामीले सदुपयोग गर्न सकेनौ । अहिले पनि क्षेत्र नं १ मा सवैभन्दा बढी बजेट आउँछ तर काममा ढिलासुस्ती र आर्थिक प्रलोभनमा परि काम नगर्ने प्रवृति हावी भएकाले विकास अघि नवढेको हुन सक्छ तर विकास हुँदै नभएको भने होइन । विद्युत नभएको अवस्थामा विद्युत विस्तारको लागी बजेट आएपछि पार्टी पंक्तिबाट सवै तिर विस्तारको काम गर्यौ । बाटाघाटा सवै स्थानिय स्तरमा पुर्यायौ । धेरै ठाँउमा कच्ची छन सरकारले पर्याप्त बजेट दिन नसक्दा स्तरोन्नती हुन सकेका छैन्न । विकास नभएको भन्न मिल्दैन तर अपेक्षा अनुरुप चाही छैन । पुर्वी क्षेत्र कृषिजन्य क्षेत्र तर अस्तव्यस्त छ नी ?

पुर्वी क्षेत्र पहाडी भु–भाग हो । सारै ठुलो क्षेत्रमा चिया विस्तार छ तर बजार छैन । चिया विक्री गर्ने र्निविकल्प भारतीय बजार र त्यहाँका दलाललाई हो । नेपालको आफनो चिया लोगो छैन । सरकारी पक्षबाट आफनो लोगो र बजार खोजेन भने नेपाली चियाको बजार जहिले परनिर्भर हुन्छ । फलफुल तरकारी, चिया र पशुपालन यो क्षेत्रमा सरकारको प्राथमिक्ता हुनुपर्छ । अहिले केही राम्रा काम भएका छन । बजेटमा आएको छ प्रधानमन्त्री कृषि परियोजनाको प्याकेज र ब्लक कार्यक्रमहरु त्यसै अनुरुप दक्ष जनशक्ति बनाउने र प्राविधिक सहयोग गर्ने हो भने नेपाली जनता परिश्रमी छन । ठाँउ अनुसार जस्तै जिर्मले, इरौटार चुरे क्षेत्रमा पर्छ त्यहाँ कस्ता उत्पादन हुन्छ भनेर अनुसन्धान र निति बनाएर अघि बढने हो भने आर्थिक समृद्धि त्यती टाढा छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार