Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निर्वाचनको पुर्वसन्ध्यामा कार्यकर्ता कारवाही गर्दै एमाले

निर्वाचनको पुर्वसन्ध्यामा कार्यकर्ता कारवाही गर्दै एमाले

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ २२ २०७४


निर्वाचनको पुर्वसन्ध्यामा कार्यकर्ता कारवाही गर्दै एमाले

इलाम । स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमाले इलामले पार्टीको निति विपरित कार्य गर्नेलाई कारवाही थालेको छ । एमालेले अन्य राजनीतिक पार्टीको गतिविधीमा संलग्न भएको भन्दै देउमाइ नगरपालिका– २ निवासी दुर्गा दाहाललाई निष्काशन गरेको छ ।

दाहालले विगत लामो समयदेखि ने.क.पा. (एमाले) र एमालेका उम्मेद्वारको विरुद्ध अन्य पार्टीसँग साँठगाँठको राजनीति गरिरहेको र पटक–पटक सम्झाउँदा समेत नसच्चिएपछि कारबाही गरिएको जिल्ला अध्यक्ष रामबहादुर रानाले बताए । यसअघि एमालले जिल्ला कमिटी वैकल्पिक सदस्य नरेन्द्र फियाक (लिम्बु) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

फियाकलाई सामाजिक संजालमा पार्टीको विरुद्धमा प्रचारबाजी गर्ने, स्थानीय तह निर्वाचनमा मतदातालाई एमालेको विरुद्धमा उक्साउने, एमाले उम्मेद्वारको विरुद्धमा बागी उठ्ने प्रचारबाजी गर्दै हिड्ने, अन्य पार्टीका नेता, कार्यकर्ताहरुसँग साँठगाँठ गर्ने लगायतको गतिविधीमा संलग्न रहेकोले कारबाही गरिएको रानाले बताए ।
लिम्बु २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलामको लुम्दे गाविसमा एमालेको तर्फबाट निर्वा्चित गाविस अध्यक्ष हुन् । यो निर्वाचनमा उनी फाकफोकथुम गाउँपालिकामा अध्यक्ष पदको आकांक्षी थिए । लिम्बुले गाउँपालिका अध्यक्ष पदको टिकट नपाएपछि पार्टी हित विरुद्धको काममा लागेको एमाले इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार