Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुरक्षित घरबारे मोबाइलमै जानकारी

सुरक्षित घरबारे मोबाइलमै जानकारी

  • लोकल सन्देश
  • आइतबार, बैशाख ३१ २०७४


सुरक्षित घरबारे मोबाइलमै जानकारी

काठमाडौं । भूकम्प प्रविधि घर निर्माण, पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित नीतिगत जानकारी अब मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले सुरक्षित घर मोबाइल एप्स सुरु गरेपछि यसबारे जानकारी पाइने भएको हो ।

‘सुरक्षित घर मोबाइल एप्स शुभारम्भ भएको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एप्समा प्राधिकरणका सन्देशहरू, आवश्यक जानकारी, अडियोभिडियो सामग्री समावेश गरिएका छन् । यो एप्सबाट भूकम्प प्रतिरोधक भवन निर्माणबारे सूचना, सुझाव र समाधानका उपाय पनि प्राप्त गर्न सकिन्छ ।’

एप्समा सरकारीस्तरबाट पारित घरका डिजाइनहरूका साथै वडा स्तरबाट सरकारी मान्यतासहित तालिमप्राप्त जनशक्ति ९सिकर्मी, डकर्मी० र विभिन्न विभागबाट खटिएका प्राविधिहरूका सूची पनि समावेश गरिएको प्राधिकरणले जनाएको छ । ‘एप्समा सरकारी अनुदान लिने प्रक्रिया, पालना गर्नुपर्ने नियम तथा विधिबारे अडियो र भिडियोमार्फत जानकारी प्राप्त गर्न सकिन्छ ।

अडियोभिडियो सामग्रीबाट निरक्षर लाभग्राहीले पनि जानकारी हासिल गर्न सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘एप्समा निर्माण शैलीहरू, निर्माणस्थलको सुरक्षा, विभिन्न जनशक्तिको सम्पर्क विवरण तथा प्राविधिक साहयतासमेत उपलब्ध छ ।’ आफ्नो स्मार्ट मोबाइल सेटमा एकपटक डाउनलोड गरिसकेपछि इन्टरनेटबिना समेत चलाउन मिल्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार